सहायता फाउण्डेसनद्धारा संचालित संस्कार कक्षाको १०० औं हप्ता पूर्ण भएको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम ।

काठमाडौं, ५ वैशाख ।
सानासाना केटाकेटीहरुलाई नियमित रुपमा संस्कार शिक्षा दिदैं आएको सहायता फाउण्डेसनले
संस्कार शिक्षाको सयौं संस्करणको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

भक्तपुर, सूर्यविनायक नगरपालिका वडानं ५, कटुन्जे स्थित शुशिला भैरव मन्दिर प्राङ्गणमा शनिबार आयोजित ‘सहायता फाउण्डेसनद्धारा संचालित संस्कार कक्षाको १०० औं हप्ता पूर्ण भएको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम’ मा स्थानीयको सहभागिता थियो ।कार्यक्रममा प्रशिक्षित विद्यार्थी, अभिभावकहरुको उपस्थिति थियो । स्थानीय राजनीतिकर्मी, शिक्षाविद, धर्म अद्यात्मिक गुरुहरु, अभियानकर्मीले कार्यक्रममा शुभकामना व्यक्त गरे ।स्थानीय केटाकेटीलाई प्रत्येक शनिबार दुई घण्टा सहायता फाउण्डेसनले संस्कार शिक्षा दिदैं आएको संस्थाका अध्यक्ष राजु ढुंगेल बताउँछन् । ढुंगेलका अनुसार प्रत्येक साता संस्कार शिक्षा कार्यक्रममा ३०,३५ जना केटाकेटी सहभागि हुने गरेका छन् ।

विषय विज्ञहरुबाट बालबालिकाहरुलाई बोलाचालि,आचरण,व्यवहार,सामाजिक आदरभाव, मानवीय सम्बन्ध,परोपकार, सामाजिक, सांस्कृतिक नैतिक शिक्षा लगायत विषयहरुमा प्रवचन दिने गरिएको ढुंगेलले बताए ।कार्यक्रमलाई सम्बोधन गर्दे संस्थाका सल्लाहकार शुभाषचन्द्र ढुंगेलले सहायता फाउण्डेसनले उदाहरणीय कार्यक्रम गर्दे आएको चर्चा गरे । कार्यक्रममा विशिष्ठ अतिथी गुरु अरविन्द सारथीले विद्यार्थीहरुले औपचारिक शिक्षाका साथसाथ नैतिक शिक्षालाई महत्व दिनुपर्ने बताए। केटाकेटीमा सौम्यता, धेर्यता,सहनशीलता आवश्यक रहेको उनले औंल्याए । प्रमुख अतिथी भक्तपुर कांग्रेस सभापति दुर्लभ थापाले समाजमा संस्कार, चरित्र र नैतिकतामा ह्रास आएको चर्चा गर्दे नयाँ पुस्तालाई नैतिक, चरित्रवान र इमान्दार हुन सुझाए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडानं ५ का अध्यक्ष राजकुमार जोशी, अभियानकर्मी मधु ढुगेल, विनोद ढुगेल, सुजन प्रजापति, रामेश्वर ध्वुजु, गुरु सुदर्शन आचार्य, शुभद्रा ढुंगेलको सम्बोधन तथा सहभागिता थियो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष राजु ढुंगेलले गरेका थिए भने संस्थाका कोअर्डिनेटर नरेश ढुंगेलले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुलाई स्टेसनरी वितरण गरिएको थियो ।