कांग्रेस पार्टीको महाधिवेशन, महासमिति सदस्यको हैसितमा पुगेकाहरु कुन परिस्थितिबस दुबैतर्फ ढलफल गरेका हुन् ? प्रलोभनमा परेका हुन् वा झुक्किएका हुन् ? सयमक्रममा खुल्दैं जाला ।

काठमाडौं, २१ पुस ।
नेपाली कांग्रेस भक्तपुर नियमित महाधिवेशन र विशेष महाधिवेशन विभाजित भएको मात्र छैन, दुबैपक्ष सार्वजनिकतहमा आफ्नो उपस्थिति प्रर्दशन गर्न थालेका छन् । पार्टी सभापति दुर्लभ थापाले सोमबार नवनिर्मित पार्टी कार्यालय, सल्लाधारीमा पत्रकार सम्मेलन गर्दे आफूहरु कांग्रेस कार्यसम्पादन समितिको निर्णय अनुसारको नियमित अधिवेशनको पक्षमा रहेको बताए ।
थापाले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस संस्थापन पक्षको योजना अनुसारको नियमित अधिवेशनको पक्षमा ३७ जना महासमिति सदस्य÷महाधिवेशन प्रतिनिधि रहेको विज्ञप्ती सहीतको फेहरिस्त उपलब्ध गराइएको थियो । भक्तपुर कांग्रेसले आइतबार नै केन्द्रीय कार्यालयमा विज्ञप्ती सहित निवेदन दर्ता गर्न चाहेको थियो । जानकार श्रोतका अनुसार केन्द्रीय कार्यालमा विज्ञप्ती दर्ता नहुने भन्दै कागज बुझने काम भने भएको छ ।

नेपाल महिला संघ, भक्तपुर अध्यक्ष सरु बाँनियाले आइतबार फेसबुकमा निम्ता राखेकी छन् —जोशिलो गित र संगित सहित । गितको बोल छ — हिम्मत गर, साहस गर अबेर भो अब होस गर । यी पौरखी पाखुराको नशानशामा जोस भर ।’

विशेष अधिवेशनको सन्दर्भमा पत्रकारले सोझेको प्रश्नमा थापाले भनेका थिए ‘नेपाली कांग्रेस भक्तपुरलाई विशेष अधिवेशनबारे केही थाहा छैन । म साथीहरुलाई विशेष अधिवेशनमा सहभागि नहुन आग्रह गर्दछु ।’
यता विशेष महाधिवेशन पक्षधरले भने सामाजिक सजाल मार्फत विशेष महाधिवेशनमा सहभागि हुन निम्ता बाँडेका छन् । आइतबार साँझ महासमिति सदस्य विष्णुराज कार्कीले बाँडेको निम्ता कार्डमा भनिएको छ ‘आगामि पौष २७, २८ गते काठमाडौंमा हुने नेपाली कांग्रेसको दोश्रो विशेष महाधिवेशन भव्यताका साग सफल पारौं ।’ निम्ता कार्डमा भुकुटीमण्डप, प्रर्दशनि कक्षमा अधिवेशन आयोजना हुने उल्लेख छ । यता, भक्तपुर क्षेत्र न. २ का क्षेत्रिय सभापति भेषबहादुर कार्कीले आइतबार अपराह्न त्यस्तै व्यहोराको निम्ता कार्य आफ्नो तस्बिर सहीत फेसबुकमा पोष्ट गरेका छन् । सभापति थापाले पार्टी कार्यालयमा ठूलो संख्याका नेता कार्यकर्ताबीच पत्रकार सम्मेलन गर्देगर्दा कार्की भने धमाधम फेसबुकमा विशेष अधिवेशनको निम्ता पोर्ट गर्दे थिए ।
नेपाल महिला संघ, भक्तपुर अध्यक्ष सरु बाँनियाले आइतबार फेसबुकमा निम्ता राखेकी छन् —जोशिलो गित र संगित सहित । गितको बोल छ — हिम्मत गर, साहस गर अबेर भो अब होस गर । यी पौरखी पाखुराको नशानशामा जोस भर ।’


विज्ञप्ती र सामाजिक सजालबाट भक्तपुर कांग्रेस आफूहरुलाई सार्वजनिकरणमा गर्न सक्रिय मात्र छैनन एकले अर्कालाई आरोप र दोषारापण गर्न पछि परेका छैनन् । संस्थापन पक्ष विशेष अधिवेशनमा हर्ताकर्ताहरुले झुक्याएर हस्ताक्षर गराएको आरोप लगाउँदै झुक्किएकाहरु नियमित अधिवेशनको पक्षमा आएको दाबि गर्दछन् । यता विशेष अधिवेशन पक्षहरु भने पार्टी संस्थापनले दबाव र प्रलोभनमा पारेर केही हस्ताक्षरकर्तालाई तानेको आरोप लगाइरहेका छन् ।
भक्तपुरमा महासमिति र महाधिवेशन प्रतिनिधि गरेर ५३ जना छन् । ति मध्ये आइतबार ३७ जनाले औपचारिकरुपमा नियमित अधिवेशनको पक्षमा रहेको भन्दै हस्ताक्षर गरेको देखिन्छ । ३७ जना मध्ये ६,७ जना भने विशेष अधिवेशनको कित्ता छोडेर नियमितमा ढल्किएको बताइन्छ । कांग्रेस पार्टीको महाधिवेशन, महासमिति सदस्यको हैसितमा पुगेकाहरु कुन परिस्थितिबस दुबैतर्फ ढलफल गरेका हुन् ? प्रलोभनमा परेका हुन् वा झुक्किएका हुन् ? सयमक्रममा खुल्दैं जाला ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *