कार्यसम्पादन समिति बैंठक बोलायो कांग्रेसले
काठमाडौं, २० पुस ।
नेपाली कांग्रेसले पुस २१ गते कार्यसम्पादन समितिको बैंठक बोलाएको छ । पार्टी महाधिवेशन बैशाखमा गर्ने निर्णय संस्थापन पक्षको बहुमतको बलमा गरिएको निर्णय र महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले यही महिनाको २७—२९ मा विशेष महाधिवेशन आयोजना गर्ने फरक राजनीतिक अभ्यासबीच कार्य समितिको बैंठक बोलाएको हो ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार जारी गरेको विज्ञप्तीमा सोमबार १ बजे कार्यसमितिको बैंठक बस्ने भनिएको छ ।
