महिला उद्यमी महासंघमा दर्शना श्रेष्ठ निर्वाचित
कार्यसमितिको प्रथम उपाध्यक्षमा सुनिता बैद्य श्रेष्ठ, द्वितीय उपाध्यक्षमा बासन्ती मिश्र (प्रधान), तृतीय उपाध्यक्षमा महालक्ष्मी श्रेष्ठ र चतुर्थ उपाध्यक्षमा कुन्नम पोखरेल रहेका छन् । महासचिवमा सविता सुवेदी, सचिवमा दिकिला शेर्पा लामा र कोषाध्यक्षमा सुमित्रा पलाञ्चोके चयन भएका छन् ।
काठमाडौ, ९ पुस ।
महिला उद्यमीहरुको छाता संगठन महिला उद्यमी महासंघमा दर्शना श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । महासंघको १० औ साधारणले नयाँ कार्यसमिति गठन गरेको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा सुनिता बैद्य श्रेष्ठ, द्वितीय उपाध्यक्षमा बासन्ती मिश्र (प्रधान), तृतीय उपाध्यक्षमा महालक्ष्मी श्रेष्ठ र चतुर्थ उपाध्यक्षमा कुन्नम पोखरेल रहेका छन् । महासचिवमा सविता सुवेदी, सचिवमा दिकिला शेर्पा लामा र कोषाध्यक्षमा सुमित्रा पलाञ्चोके चयन भएका छन् ।सदस्यहरूमा मल्लिका श्रेष्ठ, शोभा श्रेष्ठ, अनुजा राजभण्डारी, अंगीरा राजभण्डारी, निशा के।सी जंगम, निता रेग्मी र माला खरेल रहेका छन् ।
सात प्रदेशबाट कृति श्रेष्ठ उपाध्याय -कोशी०, देव कुमारी पौडेल -मधेश, अर्पना प्रधान भण्डारी-बागमती, पार्वती पौडेल रेग्मी -गण्डकी, सरस्वती शर्मा -लुम्बिनी, शिला नेपाली -कर्णाली, मिना फुलारा -सुदूरपश्चिम, चुनिएका छन्। नयाँ समितिले कार्यभार लिसकेको छ।
गत आइतवार शुरु भएको साधारण सभामा महासंघकी अध्यक्ष शोभा ज्ञवालीले आफ्नो कार्यकालमा भएका गतिविधि र उपलब्धिहरू प्रस्तुत गरिन् । महासचिव कुन्नम पोखरेलले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सविता सुवेदीले आर्थिक प्रतिवेदन पेश गरेका थिए।
Final Press release of 22th AGM of FWEAN(2)
