जेनजीयुवाहरूलाई भन्न चाहन्छु— तपाईंहरूको आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस्

सङ्लोन्यूज
कठमाडौं, ५ पुस ।
प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा निर्वाचन गराउनु आफ्नो अर्जुनदृष्टी रहेको स्पष्ट गरेकी छन् । सरकारको सय दिन पुगेको अवसरमा दिएको सम्बोधनमा संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जनताको मतबाट खोजिने बताएकी छन् ।
काकीले सम्बोधनमा निर्वाचनबारे कतिपयमा भ्रम र जिज्ञासा समेत रहेको बताउँदै भनेकी छन् अहिले कतिपयको मनमा एउटा जिज्ञासा र केही ठाउँमा भ्रम पनि छ। प्रश्न गर्नेहरुले भन्ने गर्नुभएको छ— “के देश साँच्चै चुनावतिरै बढेको हो तरु के सरकारले शान्ति सुरक्षाको ग्यारेन्टी दिन सक्छरु”
कार्कीले भनेकी छन् ‘म तपाईंहरूलाई आश्वस्त पार्न चाहन्छु, चुनाव सार्ने वा रोक्नेजस्ता हल्लाहरू पूर्णतः निराधार र भ्रमपूर्ण छन्। यो सरकार तोकिएको समयमै, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न चट्टानझैँ दृढ छ ।’
सम्बोधनमा भनिएको छ ‘आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु— २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एक मात्र निर्विकल्प मार्ग हो ।’
मेरा प्यारा युवा साथीहरू भन्दै सम्बोधनमा सुशिलाले जेनजि युवाहरुलाई भनेकी छन् ‘ म विशेषगरी हाम्रा ‘जेन(जी’ युवाहरूलाई भन्न चाहन्छु— तपाईंहरूको आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस्। ‘सडकको आन्दोलनले प्रश्न उठाउँछ, तर मतपत्रले समाधान दिन्छ। तपाईंको प्रत्येक भोटको सुरक्षा राज्यले गर्छ। चुनाव कसैको हार(जित होइन, यो त लोकतन्त्र र सुशासन जिताउने अभियान हो’सुशीला भन्छिन् ‘ तपाईंहरूले चाहेको भ्रष्टाचारमुक्त समाज र सुशासनयुक्त सरकारको चाहना पूरा गर्ने वैधानिक बाटो चुनाव नै हो।’

सम्बोधनको पूर्ण अंश

सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको विशेष सम्बोधन
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
नमस्कार।
आज म हाम्रा स्वाभिमानी र गौरवशाली नागरिकहरूका सामु एउटा विशेष र दृढ सङ्कल्पका साथ उपस्थित भएकी छु।
हामी सबैलाई थाहा छ, केही समयअघिको ‘जेन(जी’ आन्दोलनले हाम्रा सडकहरूमा एउटा फरक कम्पन पैदा गर्‍यो। त्यो छटपटी र त्यो आक्रोशले हाम्रो समाजलाई केही हदसम्म बिथोल्ने प्रयास गरे पनि, त्यसको भित्री सन्देशलाई सरकारले गम्भीरतापूर्वक लिएको छ।
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जनताको मतबाट खोज्छ।
आदरणीय देशवासीहरू,
भदौ २३ र २४ को त्यो दुखद् घटनापछि देश फेरि शान्तिको बाटोमा फर्किएको छ। ती घटनामा ज्यान गुमाउने योद्धाहरुलाई सहिद घोषणा गरेका छौँ। घाइते योद्धाको उपचारका साथै जीविका सुनिश्चित गर्ने प्रक्रिया अघि बढाइएको छ।
क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मार्फत काम थालिएको छ।
अब हामीले ती नमीठा पलहरूलाई बिर्सेर एउटा सुन्दर र स्थिर भविष्य निर्माणतर्फ हातमा हात मिलाएर अघि बढ्नुपर्छ।
अहिले कतिपयको मनमा एउटा जिज्ञासा र केही ठाउँमा भ्रम पनि छ। प्रश्न गर्नेहरुले भन्ने गर्नुभएको छ— “के देश साँच्चै चुनावतिरै बढेको हो तरु के सरकारले शान्ति सुरक्षाको ग्यारेन्टी दिन सक्छरु”
आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु— २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एक मात्र निर्विकल्प मार्ग हो। म तपाईंहरूलाई आश्वस्त पार्न चाहन्छु, चुनाव सार्ने वा रोक्नेजस्ता हल्लाहरू पूर्णतः निराधार र भ्रमपूर्ण छन्। यो सरकार तोकिएको समयमै, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न चट्टानझैँ दृढ छ।

मेरा प्यारा देशवासीहरू

निर्वाचनका लागि सरकारले आफ्नो तर्फबाट सम्पूर्ण तयारी पूरा गरेको छ।
सुरक्षाको सवालमा हामीले कुनै कसर बाँकी राखेका छैनौँ। ‘एकीकृत निर्वाचन सुरक्षा योजना’ स्वीकृत भइसकेको छ र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको छ।
आन्दोलनका क्रममा लुटिएका १ हजार ३४२ थानमध्ये अधिकांश हतियार बरामद गरिसकिएको छ। यस अतिरक्त अन्य ३२ थान हतियार पनि प्रहरीले नियन्त्रणमा लिएको छ। क्षतिग्रस्त भएका ४६५ वटा प्रहरी कार्यालयहरूलाई पुनः सञ्चालनमा ल्याई सुरक्षा व्यवस्थालाई अभेद्य बनाइएको छ।
निर्वाचन आयोगलाई आवश्यक ६ अर्ब ७३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको छ।
हामीले यसपटक अर्को ऐतिहासिक फड्को मारेका छौँ। मतदाता नामावली ऐनमा संशोधन गरी निर्वाचनको मिति घोषणापछि पनि ८ लाख ३७ हजार नयाँ युवालाई मताधिकार सुनिश्चित गरेका छौँ।
आज १ करोड ८१ लाखभन्दा बढी नेपालीको हातमा देशको भाग्य बदल्ने साँचो छ। ११४ वटा राजनीतिक दलहरू यस प्रक्रियामा सहभागी हुनुले हाम्रो लोकतन्त्रको जरा कति बलियो छ भन्ने प्रमाणित गर्छ। विचारमा मतभेद भए पनि देशलाई निकास दिन हामी सबै एक ठाउँमा छौँ।

मेरा प्यारा युवा साथीहरूचुनाव कसैको हार(जित होइन, यो त लोकतन्त्र र सुशासन जिताउने अभियान हो। तपाईंहरूले चाहेको भ्रष्टाचारमुक्त समाज र सुशासनयुक्त सरकारको चाहना पूरा गर्ने वैधानिक बाटो चुनाव नै हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *