युक्रेनको माग यूरोपमा रहेको २०० अर्ब बढी रसियन सम्पत्ति जफत गरेर युक्रेनलाई दिनुपर्ने माग माथि छलफल गर्दे युरोपियन नेताहरु अन्त्यमा आफ्नै तर्फबाट ठूलो धनराशी ऋण दिने निचोडमा पुगेका हुन् ।

काठमाडौं, ४ पुस ।
रुस र युक्रेनबीच जारी युद्धमा युक्रेनको पक्ष दिदैं रुसलाई नचिढ्याउने नीति युरोपियन युनियनले लिएको छ । पछिल्लो समय युरोपमा रहेको रुसी करिव २०० अर्ब युरो जफत गरेर युक्रेनलाई दिनुपर्ने युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको आग्रह माथी विचार विमर्श गर्दे युरोपेली नेताहरु युक्रेनलाई १०५ अर्ब अमेरिकी डलर बराबरको ऋुण लिने निर्णयमा पुगेका छन् ।
ऋागामी दुई वर्षका लागि युरोपियन युपनयनबाट प्राप्त गर्ने ऋण युक्रेनले युक्रेनको सैन्य र आर्थिक आवश्यकताहरू पूरा गर्न खर्चिने छ । इयुको साझा कोषबाट ऋण प्रदान गरिने छ ।
हालै ब्रसेल्समा भएको शिखर सम्मेलनमा पछि लगातारको वार्ता पछि यो सम्झौता भएको हो । भ्ग् प्रमुख एन्टोनियो कोस्टाले ह् मा लेख्दै भनेका छन् ूहामीले प्रतिबद्धता जनायौं, हामीले पूरा गर्यौं ।ू
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पुनस् संलग्न हुनु युरोपको लागि ूउपयोगीू हुनेछ भन्ने विचार व्यक्त गरेका छन् ।
बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरले युक्रेनलाई जम्मा गरिएको रूसी सम्पत्ति प्रयोग गर्नुको सट्टा नगद उधारो मार्फत ऋण प्रदान गर्ने निर्णयले भ्ग् नेताहरूले ूअराजकता र विभाजनू बाट बच्न सफल भएको टिप्पणी गर्दे भने ‘हामी एकताबद्ध रह्यौं । डे वेभरले थपे। युक्रेनलाई अर्को दुई वर्ष धान्न थप €१३५ बिलियन चाहिन्छ । जर्मन चान्सलर फ्रेडरिक मर्जले ऋण दिने अन्तिम निर्णयले पुटिनलाई स्पष्ट संकेत दिएको बताएका छन् ।
रूसले भ्ग् नेताहरूलाई आफ्नो पैसा प्रयोग नगर्न चेतावनी दिदैं आएको छ । अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले रुसको युद्ध अन्त्य गर्न द्रुत सम्झौताको लागि जोड दिईरहेको बेला युरोपले चालेको यस्तो कूटनीतिक चालले कीभलाई उर्जा दिएको विश्लेषण युरोपमा गरिदैंछ ।
शान्ति योजनामा थप वार्ताका लागि अमेरिकी र रुसी अधिकारीहरू यसै साताको अन्त्यमा मियामीमा भेट्ने तय भएको ह्वाइट हाउसका एक अधिकारीले एएफपी समाचार एजेन्सीलाई बताएका छन्। सो भेटघाटमा क्रेमलिनका राजदूत किरिल दिमित्रीभले ट्रम्पका राजदूत स्टीव विटकफ र जारेड कुशनरसँग मियामीमा कुरा गर्ने अनुमान छ। यसैबीच, जेलेन्स्कीले युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलहरूले शुक्रबार र शनिबार संयुक्त राज्य अमेरिकामा नयाँ वार्ता गर्ने बताइएको छ ल ।
श्रोत
तस्बिर : बिबिसि, अन्य सामाग्री विभिन्न एजेन्सिहरुको सहयोगमा ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *