मतदान भोली : आज बाहिर दिनभर उत्साह, उत्सव
काठमाडौं, १ पुष ।
नेकपा एमालेको अधिवेशनको अन्तिम लक्ष्य पार्टीको नेतृत्व चुन्नै हो । त्यसैकालागि एमालेका नेता, कार्यकर्ता अनि शुभेच्छुक समेत रातोदिन खटिरहेका छन् । इलेक्ट्रोनिक भोटिङ्ग गर्ने एमालेको योजनामा प्राविधिक कठिनाई आइलागेको पार्टीको निर्वाचन आयोगले जानकारी दिएको छ । पछिल्लो जानकारी अनुसार मंगलबार बिहान ८ बजेदेखी मतदान सुरुहुने छ । मंसिर २७ बाट औपचारिक प्रारम्भ भएर २९ गते सम्पन्न हुने भनिएको महाधिवेशन लम्बिएको छ । मतदानमा कुनै व्यवधान भएन भने मंगलबार अबेर रातसम्ममा मत परिणाम आउँने संभावना छ ।
यो ,भयो मतदानका राजनीतिक प्राविधिक पक्ष, जसमा प्रत्यक्ष सरोकार राख्ने उम्मेदवार हुनेहरु ६६६ जना र मतदान २२६५ गर्नेहरु हुन । प्रतिनिधिहरुले १९ पदाधिकारी सहीत ३०१को केन्द्रीय समितिको गठन गर्ने छन् ।
मतदानको राजनीतिक तातोमा, उम्मेदवारका समर्थक, सहयोगी र शुभेच्छुकहरुले भने काठमाडौं, भृकुटीमण्डपको पर्दशनि मार्ग पुरै कब्जा गरेका छन् । भृकुटीमण्डप भित्र निर्धारित स्थानमा प्रतिनिधि र उम्मेदवार बाहेकलाई निषेछ थियो। तर, सडकमा प्रचारमात्र भैरहेको छैन, नाँचगान, बजान, नाराहरु धन्किरहेका छन् । जो आएपनि एमाले नै आउँने हो भन्नेहरु पनि उत्सकतापूर्वक सडकमा जम्मा भएका छन् । नारा आआफ्ना छन् । एमाले के भन्छ?….. ले भन्छ । एउटा नारा यस्तो पनि सुनियो : केपी ओली के भन्छन् ? ईश्वर पोखरेल ल्याउँ भन्छन् ।चुनावी राजनीतिका प्रचारमुखि उत्साह र रमाइलो आफ्नो ठाउँमा छ, तर कागका चिट, पाम्पलेट, प्रचारमा भएको खर्च फजुल हो भन्ने ज्ञान राजनीति गर्नेहरुमा पलाउन आवश्यक छ, जसले प्रदुषण पनि गरेको छ ।
सोमबार अपराह्न प्रर्दशनी मार्गका के के भैरहेको थियो त ? केही क्लिक ।

आफ्नै भेषभूषमा नाच्दैं गाउँदै भोट

भित्र प्रतिनिधि बाहिर उत्सव

तामाङ्ग भेष र भाका

सुरेन्द्रको शैली, बेग्लै भेष्ट

शंकरको समर्थन

कमलको कमाल

यमलाललाई जिताऔ

राजनको हल्लीखल्ली

कागजको नास

पार्किङ्गको सास्ती
