आमोदको निधनमा कांग्रेसको शोक प्रस्ताव पारित
कठमाडौं, २९ मंसिर ।
नेपाली कांग्रेसको सोमबार बसेको केन्द्रीय समिति बैंठकले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा गहिरो दुःख व्यक्त गर्दे शोक प्रस्ताव जारी गरेको छ ।
पार्टीका उपसभापति धनराज गुरुङ्गको अध्यक्षतामा बसेको बैंठकले उपाध्यायको निधनबाट पार्टीले एक अनुभवी अग्रज नेतृत्वलाई गुमाएको भनेको छ । उपाध्यायको निधनमा शोक मनाउँदै नेपाली कांग्रेसले सोमबारदेखी पुष दुई गतेसम्म केन्द्रीय कार्यालयत लगायत सबै तहका कार्यालयहरुमा आधा झण्डा झुकाउने भनेको छ ।
पार्टीका सबै तहमा १३ दिनसम्म शोक पुस्तिका राख्ने र १३ दिन उपाध्यायको कार्यक्षेत्र मोरङ्गमा शोकसभा आयोजना गर्ने निर्णय गरेको छ ।
लोकतान्त्रिक आन्दोलनका अथक योद्धा उपाध्यायको ९१ वर्षको उमेरका काठमाडौं ह्याम्स अस्पतालमा उपचारको क्रममा २७ मंसिरमा निधन भएको हो । उपाध्याय क्यान्सर रोगबाट पीडित थिए ।
लामो समय नेपाली कांग्रेसको जिम्मेवार नेतारुपमा क्रियाशील उपाध्याय पार्टीमा शालिन व्यक्तित्वका धनी थिए । कांग्रेसको शोक वक्तव्यमा भनिएको छ ‘ २०४८ मा राष्ट्रिय सभा सदस्यमा मनोनित हुनु भएका उपाध्याय वि.सं. २०५६ मंसिर २३ गते सम्पन्न भएको उपनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएको थियो । वि.सं. २०५६ मा शिक्षा तथा खेलकूद मन्त्री हुनुहुन्थ्यो भने वि.सं. २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात पुनस्र्थापित व्यवस्थापिका संसदको सदस्य हुनुहुन्थ्यो । त्यसैगरी वि.सं. २०६४ को संविधान सभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित हुनु भएको थियो । अत्यन्त शालिन र वौद्धिक व्यक्तित्वका रुपमा पार्टीमा परिचित स्वर्गीय उपाध्याय वि.सं. २०६९ मा पार्टीको केन्द्रीय अनुशासन समितिको संयोजक भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भएको थियो ’
व्यक्तव्यको पूर्णपाठ :
(१) नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं नेता आमोदप्रसाद उपाध्यायको काठमाडौंको ह्याम्स अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा २०८२ मंसिर २७ गते शनिबार साँझ ९१ वर्षको उमेरमा निधन भयो । उहाँको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँको आत्माको चिर शान्तिको कामना साथ दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।
(२) वि.सं. २०४८ मा राष्ट्रिय सभा सदस्यमा मनोनित हुनु भएका उपाध्याय वि.सं. २०५६ मंसिर २३ गते सम्पन्न भएको उपनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएको थियो । वि.सं. २०५६ मा शिक्षा तथा खेलकूद मन्त्री हुनुहुन्थ्यो भने वि.सं. २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात पुनस्र्थापित व्यवस्थापिका संसदको सदस्य हुनुहुन्थ्यो । त्यसैगरी वि.सं. २०६४ को संविधान सभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित हुनु भएको थियो । अत्यन्त शालिन र वौद्धिक व्यक्तित्वका रुपमा पार्टीमा परिचित स्वर्गीय उपाध्याय वि.सं. २०६९ मा पार्टीको केन्द्रीय अनुशासन समितिको संयोजक भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भएको थियो ।
(३) राजनीतिक संघर्षका क्रममा पटक–पटक पक्राउ परी जेल जीवन बिताउनु भएका उपाध्यायले निर्वासित जीवन समेत बिताउनु भएको थियो । समाजसेवा र अध्ययनमा विशेष रुची राख्ने उपाध्यायका विभिन्न पत्रपत्रिकाहरुमा लेख रचनाहरु समेत प्रकाशित भएका छन् ।
(४) पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका नेता उपाध्यायको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको छ ।
(५) उहाँको पार्थिव शरीरलाई आजै विहान ११ः०० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ । उहाँप्रति उच्च सम्मान प्रकट गर्दै शोकको कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको छ—
(क) २०८२ मंसिर २९, पुस १ र २ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने ।
(ख) २०८२ पुस १ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने ।
(ग) स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने ।
(घ) स्वर्गारोहणको १३ औं दिनमा उहाँको गृह जिल्ला मोरङमा शोक सभाको आयोजना गर्ने ।
तस्बिर : विकिपिडिया
