काठमाडौं, भदौं ७ ।
प्रत्येक वर्ष जेठ १५ गते संसदको संयुक्त सदनमा अर्थमन्त्रीले आगामी वर्षका लागि बजेट पेस गर्दछन्, त्यो सबैलाइ थाहा छ । थाहा नभएपनि संविधानले त्यस्तो व्यवस्था गरेको छ । त्यो दिन नेपालले गणतन्त्र प्राप्त गरेको दिन पनि हो । नेपालको संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानको धारा ११९को उपधारा ३ मा
भनिएको छ ‘नेपाल सरकारको अर्थमन्त्रीले … राजस्वको आय व्ययको अनुमान प्रत्येक वर्षको जेठ १५ गते संघीय संसदमा पेश गर्नेछ ।’
तर तालुकवला अर्थ मन्त्रालयलाई जेठ १५ नै बजेट पेस गर्ने दिन हो भन्ने थाहा रहेनछ् । प्रत्याउन सकिन्छ त ? सकिदैन, किनभने प्रत्येक वर्ष जेठ १४ को रात अर्थमन्त्री, मन्त्रालयका विशिष्ठ पदाधिकारी र विभागिय कर्मचारीहरु जाग्राम बस्छन्, भजन गाउँन होइन, अन्तिम समयमा करका दर परिवर्तन लगायतका बजेटका व्यवस्था मिलाउन ।
र, सामान्यतया प्रतिपक्षीहरुले समेत बजेट पेश गर्ने दिन संसदमा अवरोध पनि गर्देनन्, किन भने अर्थको कुरो छ, संविधानमै जेठ १५ बजेट पेश गर्ने दिन तोकिएको छ । यसपाली पनि यस्तै भयो, प्रतिपक्षी दल विशेषगरेर माओवादी र रास्वपाको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्ने अडान राख्दै संसद अवरोध गर्दे आएका प्रतिपक्ष जेठ १५ मा चुपचाप बजेट भाषण सुनेर बसे ।
अर्थ मन्त्रालय भनेपछि उसको प्रकृती अनुसारनै सक्षम, भौतिक प्राविधिक सबै हिसावले सक्षम र सम्पन्न मानिन्छ, हो पनि अन्य मन्त्रालयको तुलनामा । अर्थ मन्त्रालयले बजेट बनाउँछ, राजस्व श्रोतको अनुमान गर्दछ, सोही अनुसार बजेटको रुपमा बाँडफाड गर्दछ, बर्ष भरिमा के कस्ता कार्यक्रम संचालन, पैसा कताबाट आम्दानी गर्ने, खर्च कसरी गर्ने जस्ता विवरण समेटिएको पुस्तीका बनाइन्छ र अर्थमन्त्रीले संसदमा वाचन गरेर सुनाएपछि त्यो सार्वजनिक भएको मानिन्छ । सांसदहरुले तालि पिट्दछन् ।
आजकल प्रविधिको विकाससँगै सीमित कपी पुस्तीकाको रुपमा छापिन्छ, सासद, मन्त्री, बजेट भाषण सुन्न निम्त्याइएका पदाधिकारीहरुबीच र समाचार संकलन गर्न ससद पुगेका पत्रकारहरुलाई पुस्तीका दिइन्छ । यता, सोही दिन अर्थ मन्त्रालयको वेभ साइटमा संसदमा वाचन गरेको बजेटको पिडिएफ कपी पोर्टलमा पोष्ट गरिन्छ ।आजकल आवश्यक पर्नेहरुले वेभ पोर्टल खोलेर बजेटका बारे जानकारी लिन सक्छन, डाउनलोड गर्न सकिने सुविधा छ ।
अब, अर्थ मन्त्रालयको वेभ पोर्टलज जततउकस्ररmयाब।अयm।लउ खोलौं । वेभ पार्टले खोलेपछि माथी मेनुमा प्रकाशसन भन्ने छ, त्यो क्लिक गरेर पछि बजेट लगाएका विभिन्न शिर्षक देखिन्छन् । तेश्रो कोलमा बजेट वक्तव्य लेखिएको छ त्यसलाई क्लिक गरेपछि पेज खुल्दछ । पहिलो कोलममा क्रम छ , त्यसपछि शीर्षक अन्र्तगत कुन आर्थिक वर्षको बजेट भन्ने लेखिएको छ र तेश्रो कालमा प्रकाशीत मिति र समय अन्र्तगत लेखिएका हरफहरु पढौं ? आर्थिक वर्ष २०८२÷८३ को बजेट वक्तव्य जेठ १५ गते ५ बजेर ४८ मिनेटमा पेस भएको भन्ने देखिन्छ । त्यसपछि आर्थिक वर्ष ८१÷८२ र त्यसपछिका हरफ हेरौं त अघिल्ला वर्षहरुको बजेट माघ १ गते पेस भएको देखिन्छ । अब दोश्रो पेजमा जाऔं , त्यहाँ त कुनै असार, कुनै मंसिर र कुनै साउनमा प्रकाशीत भएको भनिएको छ । तेश्रो पेजमा जेठ ६, असार, अशोज भेटिन्छ भने झन झन कमजोरी भेटिन्छन्, कुनै शिलशिला मिलाइएको छैन ।अर्थमन्त्रालयको दाबी भने पहिलो बजेट देखी आर्काइभ छ भन्ने छ । तर, आर्काइभ खोज्न, बुझन भने सहज छ त ?
बजेट नेपाली भाषा र अंग्रेजी भाषामा प्रकाशीत गरिन्छ । त्यो पनि छुट्याइएको छैन । निकै थोरैमात्र छन् अग्रेजीमा ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *