नेपाली, मैथिली, हिन्दीमा साहित्य सृजना गर्नु, भाषालाई समाज र सस्कृतिको आलोकमा अध्ययन गर्नु उनका विशेषता हुन् । उनको दैहिक शरिर खरानी भएपनि उनले साहित्यमा गरेको योगदान सदा चिरस्यायी हुनेछन् ।

काठमाडौं, २६ साउन । नेपाली साहित्यका उज्याला नक्षत्र डा. राजेन्द्र बिमलको निधन भएको छ । भाषाविद, नेपाली, मैथिली, हिन्दी र अग्रेजी भाषामा दख्खल राख्ने र साहित्य सृजना गर्नसक्ने क्षमतामा धनि थिए राजेन्द्र ।
७९ वर्षको उमेरमा सोमबार राती जनकवपुरधामा उनको निधन भएको परिवारजनले जानकारी दिएका छन् ।
राजेन्द्रका कान्छा छोरा डा। विभाष लाभका अनुसार सोमबार राति करिब साढे ११ बजेतिर परिवारका सदस्यसँग कुराकानी गरिरहेका बेला राजेन्द्र बिरामी परेका थिए । उनलाई रातै नै नजिकैको अस्पताल लगिएको थियो । चिकित्सकहरुदले राति पौनै १ बजे उनको निधन भएको बताए ।

विमलको निधनसँगै नेपाली तथा मैथिली साहित्यले एक बहुआयामिक स्रष्टा गुमेको छ ।डा.विमल नेपाली, मैथिली र अंग्रेजी भाषामा साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका थिए। भाषा विज्ञानमा विद्यावारिधि गरेका राजेन्द्रले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर गरेका थिए ।
साहित्य सृजना, अध्यापन, भाषा अनुसन्धानमा नेपाली साहित्यमा उनको महत्वपूर्ण योगदान रहेको छ ।
विसं २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको अध्यापनमा जोडिएका राजेन्द्रले साहित्यलाई भाषा, समाज र संस्कृतिको अध्ययन गरेका थिए । उनको लेखनमा नेपाली र मैथिली समाजको सामाजिक, सांस्कृतिक भाषिक परिवेशको प्रभाव स्पष्ट रूपमा देखिने साहित्य क्षेत्रका जानकारहरू बताउँछन्।
साहित्य तथा भाषा क्षेत्रमा पुर्याएको योगदानका लागि डा. विमल जगदम्बा श्री पुरस्कार, मधुपर्क सम्मान लगायत थुप्रै पुरस्कार तथा सम्मानबाट विभूषित छन् । चार दशकसम्म नेपाली साहित्य भण्डारमा गहकिलो योगदान गरेका बिमल साहित्य आकासमा सदा जीवित रहने छन् । डा.विमलको आजै जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिनेछ।
सङ्लो मिडिया, डा. राजेन्द्र बिमलको निधनमा हार्दिक श्रद्धाअर्पण गर्दे परिवारजनमा समवेदना व्यक्त गर्दछ । अलबिदा डा.साब, तपाईको आत्माले शान्ति पाओस् ।