काठमाडौं, २० साउन ।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ६ वटा नयाँ समिति गठन भएका छन् । हालसम्म गठन भएका समितिहरुको संख्या ३१ पुगेको छ ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनामा नेपाली कांग्रेसका उपसभापति एवं नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न छैठौं बैठकले ६ वटा नयाँ समिति गठन तथा तिनको संयोजक तोक्ने काम गरेको हो ।

प्रतिष्ठान प्रमुखले पार्टी सभापतिसंगको परामर्शमा हालसम्म गठन भएका उपसमितिहरुलाई आवश्यक सहजीकरण गर्न पार्टी केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुलाई जिम्मेवारी प्रदान गरिएको सूचनामा जनाइएको छ । कुन कुन पदाधिकारी र केन्द्रीय सदस्यलाई के जिम्मेवारी दिइएको हो खुलाइएको छैन ।

नीति प्रतिष्ठानमा थप गरिएका उपसमिति
१.अन्तर्राष्ट्रिय सम्बन्ध, समन्वय एवं सामयिक दृष्टि उपसमिति, संयोजक – सुमित शर्मा ‘समीर’

२. उपभोक्ता अधिकार, अवस्था र न्याय समन्वय उपसमिति, संयोजक – कैलाश के.सी.

३.यौनिक तथा लैंगिक अल्पसंख्यक सम्बन्धी नीति तथा कार्ययोजना उपसमिति, संयोजक – प्रतीक्षा चापागाई

४.ज्येष्ठ नागरिक सेवा एवं गरिमा उत्थान उपसमिति, संयोजक – अनुपा श्रेष्ठ

५. सिमान्तीकृत वर्ग र समुदाय, सम्वाद र सशक्तिकरण उपसमिति, संयोजक– नरेन्द्र पासवान

६. स्थानीय तह सुशासन अध्ययन, अनुगमन तथा नीतिगत सुधार उपसमिति, संयोजक – डोलराज भुसाल