काठमाडौं, १८ साउन ।
नेपाली कांग्रेसले प्राकृतिक प्रकोपमा क्रियाशील हुने युवा दस्तालाई प्रशिक्षण दिएर आआफने क्षेत्रमा खटाएको छ । विपद व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली नाम दिइएको समुहमा ४० जना छन् । प्रकापमा स्वंयसेवक भएर काम गर्नेगरी यस्तो टोली गठन गरेको हो । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सोमबार जारी गरेको प्रेस नोटमा भनिएको छ ‘आजसम्म पहिरो र बाढीका समाचार सुन्ने र हेर्ने अवस्थाबाट अब पीडितहरुको उद्धार र पुनस्र्थापनामा लाग्ने दक्ष जनशक्ति तयार भएको शर्माले उल्लेख गर्नु भयो । नेपाली कांग्रेस पार्टीले देशभर यस्ता एक हजार जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको पनि उहाँले जानकारी गराउनु भयो ।’
प्रेस नोटमा विपद परिचालन टोलीबारे भनिएको छ : 

१. नेपाली काग्रेसले विपद व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली (Strategic Response Team – SRT) गठन गरेको छ । श्रावण १६ देखि तीन दिनसम्म चलेको पूर्वतयारी र प्रतिकार्य प्रशिक्षणको समापनका अवसरमा यसको घोषणा गरिएको हो । यस टोलीमा प्रशिक्षणमा सहभागी ४० युवा रहेका छन् ।

२. केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमको समापन गर्दै प्रतिष्ठान प्रमुख तथा पार्टी उपसभापति विश्वप्रकाश शर्माले यो तीन दिनको अवधिलाई शुरुवात मानेर विपदमा परेका मानिसको जीवन बचाउन अबको लामो यात्रा प्रारम्भ भएको मानेर काम गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो । आजसम्म पहिरो र बाढीका समाचार सुन्ने र हेर्ने अवस्थाबाट अब पीडितहरुको उद्धार र पुनस्र्थापनामा लाग्ने दक्ष जनशक्ति तयार भएको शर्माले उल्लेख गर्नु भयो । नेपाली कांग्रेस पार्टीले देशभर यस्ता एक हजार जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको पनि उहाँले जानकारी गराउनु भयो ।

३. प्रशिक्षणमा संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय रेडक्रसमा काम गरिसक्नु भएका ११ विपदविज्ञहरुले प्रशिक्षण दिनु भएको छ । प्रशिक्षकहरुमा पिताम्वर अर्याल, भोजराज घिमिरे, सुशील पण्डित, तिबेन्द्रराज बाँस्कोटा, रामप्रसाद भट्टराई, सुरेश पण्डित, भूपमणि दाहाल, कल्पना रावल, सौरभी निरौला र लक्ष्मण माली हुनुहुन्थ्यो । प्रशिक्षणमा सैद्धान्तिक ज्ञानका अतिरिक्त व्यावहारिक अभ्यास समेत गराएको कार्यक्रम संयोजक तथा प्रतिष्ठानका सदस्य एवं विपदविज्ञ मानबहादुर थापाले जानकारी दिनु भएको छ ।