कांग्रेसमा नयाँ अभियान : देश र कांग्रेस जोड्न साउन २० मा अर्को राष्ट्रिय भेला
काठमाडौं १७ साउन।
नेपाली कांग्रेसमा विशेष अधिवेशनमा आएको केन्द्रीय नेतृत्व र त्यसलाई अमान्य गर्दे समानान्तरमा नयाँ पार्टी गठन गर्ने उदेश्य सहीतको भेलाको चर्चा भैरहेको बेला एउटा अर्को धार सार्वजनिक भएको छ । जसले विशेष अधिवेशनबाट आएको कांग्रेस र त्यसको समानान्तरमा गतिविधि गरिरहेको इतरपक्ष भनिने कांग्रेसबीच आपसमा एकता गराउने उदेश्यले एउटा भेलाको आयोजना गर्ने भएका छन् , जसलाई देश र काग्रेस जोडने भेला भनिएको छ ।
नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वबीच विवाद भइरहँदा दुवै पक्षलाई जोड्नुपर्छ भन्ने अभियानले यही साउन २० गते राजधानीमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ ।
‘देश र कांग्रेस जोड्ने अभियान’ले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस एक हुनुपर्छ भन्ने पक्षधरका नेता कार्यकर्ताको भेला राजधानीमा आयोजना गर्न लागिएको जानकारी दियो । पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य समेत रहेका कांग्रेस नेता रञ्जित कर्णले पार्टी सभापति गगनकुमार थापा र शनिबार चुनदेवीको पत्रकार सम्मेलनबाट संयोजक घोषणा गरिनुभएका डा.शशाङ्क कोइराला पार्टी एक बनाउन लाग्नुपर्ने बर्ताए ।
पूर्व केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस कमजोर हुँदा लोकतन्त्र र राष्ट्रियता कमजोर हुने भएकोले कांग्रेसलाई एक बनाउन दबाब दिने उद्देश्यले साउन २० गते भेला गर्न लागिएको जानकारी दिए । पार्टी एकताको आवश्यकता देखेर कांग्रेस जोड्ने अभियान आजैदेखि सुरु गरिएको उनले बताए । भेलामा सहभागी हुन एक हजार ३५९ प्रतिनिधिले नाम दर्ता गराएका नेता महरले जानकारी दिए।
कार्यक्रममा तनहुँको भानु नगरपालिकाका नगरप्रमुख आनन्द त्रिपाठीले कांग्रेस एक बनाएर देश र कांग्रेस जोड्ने अभियानमा साथ दिन देशभरका जनप्रतिनिधिलाई आग्रह गरे।
–––
–––

