१५ दिन लामो बिदा पछि संसदको बैंठक बस्दै
काठमाडौंं, १४ साउन ।
१५ दिन लामो बिदा पछि आज संघीय संसद बस्दै छ । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ ।
प्रकाशीत संसदको कार्यसूची अनुसार आजको बैठकमा प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव पेश हुने कार्यक्रम छ ।
प्रतिनिधिसभामा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, आजै विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ। समितिको बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास,आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण हुने जनाइएको छ।

