विशेष गरी पछिल्लो समयमा देखिएका सुरक्षा सम्बन्धी विभिन्न घटना हेर्दा यो सरकार देश र नागरिकको सुरक्षा संवेदनशीलता र चुनौतिसँग पूर्णतः अनभिज्ञ रहेको प्रतित हुन्छ -नेपाली कांग्रेस ।

काठमाडौं, १३ साउन ।
नेपाली कांग्रेसले सुनसरीको देवानगञ्जमा भएको दुःखद घटना र त्यसपछिका तनावपूर्ण परिस्थितिमा आफ्ना पार्टीका नेता कार्यकर्तालाई पीडित परिवारमा सहयोग पु¥याउन, घाईतेहरूको उपचारमा जुट्न र सामाजिक सद्भाव कायम गर्ने कार्यमा खटिन आग्रह गरेको छ । कांग्रेसले सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संग्लन नहुन आफ्ना सबै नेता, कार्यकर्ता र सदस्य साथीहरूमा पार्टी कडा निर्देशन गर्दे निर्देशनको उलंघन गरेमा विधान वमोजिम कारवाही हुने स्मरण गरास्मरण गराएको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेले बुधबार जारी गरेको विज्ञप्तिमा भनेको छ ‘सुनसरीको देवानगञ्ज, कप्तानगञ्जमा भएको दुःखद घटना र त्यसपछिका तनावपूर्ण परिस्थिति सबैका लागि गम्भीर चिन्ताको विषय हो । विशेष गरी पछिल्लो समयमा देखिएका सुरक्षा सम्बन्धी विभिन्न घटना हेर्दा यो सरकार देश र नागरिकको सुरक्षा संवेदनशीलता र चुनौतिसँग पूर्णतः अनभिज्ञ रहेको प्रतित हुन्छ ।’

सामान्य विवादमा नागरिकको ज्यान जाने गरी गोली चलाउनु पर्ने अवस्था किन आयो र संवेदनशील परिस्थितिमा राज्य संयमित हुन किन सकेन ? भन्ने प्रश्न गर्दे विज्ञप्तिमा भनिएको छ ‘यी प्रश्नहरूको जवाफ सरकारले दिनु पर्दछ र घटनाको सम्पूर्ण जिम्मेवारी लिनु पर्दछ । नेपाली कांग्रेस यस घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानविन गरी सत्य–तथ्य सार्वजानिक गर्न तथा दोषिलाई कार्वाही गर्न पुनः माग गर्दछ ।’

सरकारले संवेदनशीलता गुमाएको बताउँदै कांग्रेसले यस घडीमा थप हिंसा र क्षति हुन नदिन धैर्य, संयम र संवादको बाटो अपनाउन सबैको कर्तव्य हो भनेको हो । ‘धमिलो पानीमा माछा मारेर सामाजिक सद्भाव खलबल्याउने र साम्प्रदायिक हिंसा भड्काउने तत्वप्रति चनाखो रहन आवश्यक छ । अफ्वाह र उत्तेजनाले परिस्थिति थप जटिल बनाउन सक्छ । यस परिस्थितिमा सरकारले संवेदनशीलता गुमाए पनि समाजले संयम गुमाउनु हुदैन’ वक्तव्यमा भनिएको छ ‘ अतः अफ्वाहमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण स्थानीयवासी, नागरिक समाज र राजनीतिक दलहरूलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।’

‘नेपाली कांग्रेस, पार्टीका सबै समिति, नेता र सदस्यहरूलाई पीडित परिवारमा सहयोग पु¥याउन, घाईतेहरूको उपचारमा जुट्न र सामाजिक सद्भाव कायम गर्ने कार्यमा खटिन आग्रह गर्दछ । साथै, सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संग्लन नहुन आफ्ना सबै नेता, कार्यकर्ता र सदस्य साथीहरूमा पार्टी कडा निर्देश गर्दछ र निर्देशनको उलंघन गरेमा विधान वमोजिम कारवाही हुने स्मरण गराउँदछौ’ वक्तव्यमा भनिएको छ ।