आज पनि मुलकभर चिकित्सक हडताल, सरकार उदासीन भएको आरोप
वार्तामा गएका चिकित्सक मागि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखद्धारा दूव्यवहार गरिनु अत्यन्त लज्जास्पद रहेको संघको ठहर छ ।
काठमाडौं, १३ साउन ।
पर्साको नारायणी अस्पतालका स्वास्थकर्मीमाथि भएको आक्रमणमा सरकार उदासीन भएको भन्दै चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले बुधबार पनि मुलुकभर बहिरंग सेवा बन्द गर्ने घोषणा गरेको छ ।

साउन ८ गते पर्सा स्थित नारायणी प्रादेशिक अस्पतालको आकस्मिक सेवामा ल्याएका एक विरामीको मृत्यु भएपछि चिकित्सकहरु माथि आक्रमण भएको थियो । त्यसको भोलिपल्ट आक्रमणकारी माथि कारबाही गर्नुपर्ने मागबारे जिल्ला प्रशासन कार्यालय वीरगंजमा भएको छलफलको क्रममा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले चिकित्सकहरु माथि गालिगलौज, कुटपिट, धम्कीपूर्ण व्यवहार गरेको विषयलाई सरकारी पक्षले सामान्य ढंगले लिएपछि परिस्थिति जटिल बन्दै गएको देखिन्छ ।
छलफलको क्रममा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले चिकित्सकहरु माथि गालिगलौज, कुटपिट, धम्कीपूर्ण व्यवहार भएको विषयलाई सरकारी पक्षले सामान्य ढंगले लिएपछि परिस्थिति जटिल बन्दै गएको देखिन्छ ।
मंगलबार नारायणी अस्पतालका ६८ चिकित्सकहरुले सामुहिक राजीनामा गरेर आन्दोलनमा उत्रिएका छन् ।
संघले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने उपत्यकाबाहिर ज्ञापनपत्र बुझाउने तथा धर्ना दिने कार्यक्रम तय गरिएको विज्ञप्तिमा उल्लेख छ । संघले आम नागरिकमा पर्न सक्ने असुविधाप्रति क्षमा मागेको छ।संघले विज्ञप्तिमा भनेको छ ‘ घटना भएको चार दिन बितिसक्दा समेत दोषिहरुलाई कानून बमोजिक मुद्धा दायर गरी कारबाही नहुनु र पीडित चिकित्सक तथा स्वास्थकर्मी माथि उल्टै दमन र अन्याय गरिनु साथै वार्तामा गएका चिकित्सक मागि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखद्धारा दूव्यवहार गरिनु अत्यन्त लज्जास्पद रहेको संघको ठहर छ ।’

