काठमाडौं, ७ साउन ।
नेपाली नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी स्थानीय तह र प्रदेश सरकारबारे केही नेतासमेतले आफूलाई तर्साउने गरेको भन्दै चुनावबाट नतर्सने बताएका छन् ।
बिहिबार बीपी कोइरालाको ४४ औं स्मृति दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । थापाले भने ‘ मलाई कतिपय साथीहरूले तर्साउन खोज्नुहुन्छ, कहिलेकाहिँ नेताहरूले पनि तर्साउन खोज्नुहुन्छ । हेरौंला स्थानीय चुनाव भन्नुहुन्छ, हेरौंला प्रदेशको चुनाव भनेर भन्नुहुन्छ । हामी बीपी कोइरालाको कार्यकर्ताहरू हौं । हामी एउटा चुनावबाट मात्तिहाल्ने र एउटा चुनावबाट आत्तिहाल्ने होइनौं ।’

कांग्रेसले बीपी कोइरालको स्मृति दिवश पारेर पार्टीले संचालन गरेको जरा अभियान समाप्त भएको घोषणा गरेको छ । साथै पार्टीको वरिष्ठ नेतामा गोपालमान श्रेष्ठलाई बनाउने निर्णय पनि सार्वजनिक गरेको छ ।
‘शक्तिको प्रतिस्पर्धा मात्रै राजनीति होइन, सत्ताको प्रतिस्पर्धा मात्रै राजनीति होइन । किनभने हामीलाई यही कुरा बीपी कोइरालाले सिकाउनुभएको हो,’ थापाले भने ‘ बीपी कोइरालाको कार्यकर्ताहरू हौं । हामी एउटा चुनावबाट मात्तिहाल्ने र एउटा चुनावबाट आत्तिहाल्ने होइनौं ।’
ठुलो सख्यामा कांग्रेसजन, शुभचिन्त, पाज्ञ र पेशाकर्मीहरुको बाक्लो उपस्थितिमा कांग्रेसले बीपी स्मृती कार्यक्रम मनाउने नयाँ ढंगले अघि बढ्ने उदघोष गरेको छ ।

बीपी स्मृति दिवशको अवसरमा सभागृहमा आयोजित कार्यक्रम तस्बिरमा ।