नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डेको निधन
काठमाडौं,२ साउन ।
नेपालको नागरिक आन्दोलनका सक्रिय अगुवा डा. देवेन्द्रराज पाण्डेको शुक्रबार निधन भएको छ। ८७ वर्षीय पाण्डेको शुक्रबार साँझ ७ः४० मा काठमाडौं विशालनगरस्थित निवासमा निधन भएको हो। स्वर्गीय पाण्डेकी श्रीमती पद्मा, छोरी प्रिनीति, ज्वाइँ र नाति छन्।
सरकारको सचिव रहेका डा. पाण्डेले २०३६ मा जनमत संग्रह हुनुभन्दा केही महिनाअघि सेवाबाट राजीनामा दिएर सामाजिक क्षेत्रमा सक्रिय हुँदै आएका हुन् । ।पाण्डे २०४६ सालको जनआन्दोलनमा पेसागत फोरमबाट प्रजातन्त्र पुनर्स्थापनाका सक्रिय थिए । २०४६ को जनआन्दोलन पछि बनेको कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्री बनेका थिए। डा. पाण्डे स्वतन्त्र नागरिकहरुबाट मन्त्री बनेका थिए ।
राजनीतिक आन्दोलनहरुमा स्वतन्त्र भूमिका खेल्दै आम नागरिकको आवाज बन्ने पाण्डे माओवादीलाई ‘जनयुद्ध’बाट शान्ति प्रक्रियामा ल्याउँन भूमिका खेल्ने अगुवा मध्येका हुन् । आज ११ बजे पाण्डेको अन्तिम दाह संस्कार पशुपति आर्यघाटमा हुने कार्यक्रम छ ।

