काठमाडौं,२८ असार ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रतिष्ठानमा ६ जना उपसमिति संयोजक चयन गरेको छ । असार २५ र २६ गते नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको पाँचौ बैठकले प्रमुखको प्रस्तावमा ६ उपसमिति संयोजकको जिम्मेवारी तोकेका हुन् ।
प्रतिष्ठानले जनाए अनुसार देहाय बमोजिमका उपसमिति संयोजक चयन भएका छन् ।
उपसमिति संयोजक

१. अपांगतास संवाद, समन्वय र सशक्तिकरण उपसमिति, संयोजक – प्रकाश पन्थ

२. आदिवासी जनजाति संवाद, समन्वय र सशक्तिकरण उपसमिति, संयोजक –रेशम गुरुङ

३. दूव्र्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमिति, संयोजक – डा.डी.बी. सुनार

४.पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमिति, संयोजक– विज्ञान प्रसाईं

५. सार्थक सम्प्रेषण उपसमिति, संयोजक – मोहन गजुरेल

६.कृषि तथा कृषि उद्यम उपसमिति, संयोजक – सिताराम काफ्ले