देशभर जिल्ला अधिवेशन गर्दे रास्वपा
काठमाडौ, २३ जेठ ।
सत्तारुढ रास्वपा अधिवेशनमा जुटेको छ । पार्टीको जिल्ला अधिवेशनहरु शनिबार देखि सुरु भएका छन् । पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले प्रकाशीत गरेको विज्ञप्तिमा शनिबार ३७ जिल्लाहरुको अधिवेशन हुनेछ भने जेठ २४ गते २९ जिल्ला अधिवेशन हुने छ । बुर्लाकोटीले बारामा जेठ २६ गते अधिवेशन हुने जनाएका छन् भने बाँकी रहेका १० जिल्लामा केन्द्रीय अधिवेशन पछिमात्र जिल्ला अधिवेशन सम्पन्न हुने छन् । रास्वपाको केन्द्रीय अधिवेशन असार ७. ८, ९ गते चितवनमा हुने कार्यक्रम सार्वजनिक भएको छ ।
आज जेठ २३ गते अधिवेशन हुने ३७ जिल्लाहरु
कोशी प्रदेशका ८ जिल्लाहरूः झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुङ्गा र सुनसरी
मधेशका २ जिल्लाः महोत्तरी र रौतहट
बागमती प्रदेशका ९ जिल्लाः दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली
गण्डकी प्रदेशका ५ जिल्लाः स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी
लुम्बिनी प्रदेशका ८ जिल्लाः गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा
कर्णाली प्रदेशका २ जिल्लाः कालिकोट र सल्यान
सुदुरपश्चिम प्रदेशका ३ जिल्ला : बैतडी, बझाङ र दार्चुला
जेठ २४ गते अधिवेशन हुने २९ जिल्लाहरू ।
कोशी प्रदेशका ४ जिल्लाहरूः उदयपुर, सोलुखुम्बु, खोटाङ र ईलाम
मधेश प्रदेशका ४ जिल्लाः सिराहा, धनुषा, पर्सा र सर्लाही
बागमती प्रदेशका २ जिल्लाः चितवन र ललितपुर
गण्डकी प्रदेशका ४ जिल्लाः तनहुँ, नवलपुर, गोरखा र लमजुङ
लुम्बिनी प्रदेशका ३ जिल्लाः अर्घाखाँची, रुपन्देही र प्युठान
कर्णाली प्रदेशका ६ जिल्लाः सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला
सुदुर पश्चिम प्रदेशका ६ जिल्लाः अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरा

