काठमाडौं, २१ जेठ ।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीको बारा जिल्ला सभापति राजेश राय यादवलाई प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उमेदवारलाई असहयोग गरेको आरोपमा निलम्बन गरेको छ भने उपसभापति अमिरीलाल राउत (पाल) लाई सोही आरोपमा सफाई दिएको छ ।
कांग्रेसको केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा निर्वाचनमा पार्टीका जिम्मेवारहरुले खेलेको भूमिकालाई लिएर छानविन गर्ने क्रममा बाराका पार्टी सभापति राजेश राय यादव कारवाहीमा गरेको छ । यता उपसभापति अमिरीलाई भने कारवाहीबाट जोगियका छन् ।
रायले अनुशासन समितिले पटकपटक साधेको स्पष्टिकरण उत्तर नदिएको प्रमुख आरोप  छ। यता, उपसभापति राउतले भने समितिले सोधेको स्पष्टीकरणको जवाफ दिएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ ‘अनुशासन उल्लघंन गरेको कसुरमा अन्तिम निर्णय नहुन्जेल सम्मका लागि राजेश राय यादवलाई नेपाली कांग्रेस बारा जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्वन गर्ने निर्णय गर्दछ ।’ रायलाई दुईपटक स्पष्टिकरण सोधेको जनाउँदै विज्ञप्तिमा दुबै पटक कुनै उत्तर नदिएको बताइएको छ ।

२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई निर्वाचनमा हराउन लागेको भनी नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी प्राप्त भएको उल्लेख गर्दे उजुरीका आधारमा दुइपटक स्पष्टिकरण सोधेको बताइएको छ । ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिबाट निज राजेश राय यादवलाई मिति २०८३ ०१ ३० गते अनुशासन उल्लघंनको कसुरमा (पाँच) दिने स्पष्टिकरण सोधिएकोमा तोकिएको समयावधि भित्र स्पष्टिकरण नवुझाएकोले पुनः मिति २०८३०२१२ गतेका दिन ३ (तीन) दिने स्पष्टिकरण माग गरिएकोमा दोस्रो पटक समेत कुनै जवाफ नदिएको सन्दर्भमा यस विषयमा थप अनुसन्धान गरी अन्तिम निर्णयमा पुग्नु पर्ने देखिएको हुदा निज राजेश राय यादवलाई बारा जिल्लाको सभापति पदमा राखिराख्दा अनुसन्धान कार्य समेत प्रभावित हुने भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८), ९ङ० तथा ऐ.नियमावली, २०७६ को नियम २८ (३० बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा अन्तिम निर्णय नहुन्जेल सम्मका लागि राजेश राय यादवलाई नेपाली कांग्रेस बारा जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्वन गर्ने निर्णय गर्दछ’ अनुशासन समितिको निर्णयमा भनिएको छ ।
यता, नेपाली कांग्रेस वारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत(पाल)ले स्पष्टीकरणको जवाफ दिएको बताउँदै स्पष्टिकरण सन्तोषजनक रहेको बताइएको छ ।
अनुशासन समितिका सचिव दिनेश थापा मगरले जारी विज्ञप्तिमा भनिएको छ ‘ उजुरीको सम्बन्धमा निजलाई नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८३-०१-१६ गतेको निर्णय अनुसार अनुशासन उल्लघंनको कसुरमा स्पष्टिकरण सोधिएकोमा निजले मिति २०८३-०२-१० गते स्पष्टिकरण जवाफ पेश गरेको र यस विषयमा केन्द्रीय अनुशासन समितिको तर्फबाट थप जाँच पड्ताल समेतको कार्य गर्नुका साथै मिसिल संलग्न कागजात अध्ययन गर्दा निज अमिरीलाल राउत -पाल को जवाफ सन्तोषजनक रहेको समेत देखिएको हुँदा निजलाई यस विषयमा थप कारवाही गर्नु पर्ने अवस्था नदेखिएकोले निजमाथि लगाइएको आरोपबाट सफाई पाउने ठहर गर्दछ ।’
त्यस्तै समितिको बिहिबार बसेको बैंठकले निर्वाचनमा पार्टीका आधिकारिक उमेदवारहरुलाई असहयोग गरको आरोप लागेका सर्लाही क्षेत्रनं २(१)का प्रदेशसभा सदस्य सकुन्तीदेवी महरा, क्षेत्रं नं २(२)का सभासद कौशल किशोर राय बिरुद्धका उजुरीहरुबारे छानविन गरेको, उनीहरुले दिएको स्पष्टिकरणका आधारमा उनीहरुलाई सफाई दिइएको छ । विज्ञप्तिमा उनीहरु दुबैलाई भनिएको छ ‘ गुनासो नआउने गरी सजगताका साथ पार्टीको विधान, नियमावली प्रति पूर्ण प्रतिवद्ध रही दत्तचित्तका साथ पदीय जिम्मेवारी अनुरुप कार्य गर्न निर्देशन गर्दछ ।’
अनुशासन समितिको निर्णयहरु

१.सर्लाही जिल्ला प्रतिनिधि सभा क्षेत्र नं। २ को “१” प्रदेश सभा सदस्य मा। सकुन्ती देवी महराले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीको उम्मेदवारलाई असहयोग गरेको उजुरी सम्बन्धमा छानविन पश्चात निजलाई केन्द्रीय अनुशासन समितिको तर्फबाट स्पष्टिकरण सोधिएकोमा निजले आफु माथि लागेको आरोपहरु निराधार असत्य र कपोलकल्पीत हुन, पार्टी विरुद्धको गतिविधिमा संलग्न रहेको छैन भनी मिति २०८३ ०१ -२१ गते स्पष्टिकरण जवाफ पेश गरेको सन्दर्भमा निज सकुन्ती देवी महरालाई गुनासो नआउने गरी सजगताका साथ पार्टीको विधान, नियमावली प्रति पूर्ण प्रतिवद्ध रही दत्तचित्तका साथ पदीय जिम्मेवारी अनुरुप कार्य गर्न निर्देशन गर्दछ ।
२- सर्लाही जिल्ला प्रतिनिधि सभा क्षेत्र नं। २ को “२” प्रदेश सभा सदस्य  कौशल किशोर रायले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीको उम्मेदवारलाई असहयोग गरेको उजुरी सम्बन्धमा छानविन पश्चात निजलाई केन्द्रीय अनुशासन समितिको तर्फबाट स्पष्टिकरण सोधिएकोमा निजले आफु माथि लागेको आरोपहरु निराधार असत्य र कपोलकल्पीत हुन, पार्टी विरुद्धको गतिविधिमा संलग्न रहेको छैन भनी मिति २०८३-०१-२१ गते स्पष्टिकरण जवाफ पेश गरेको सन्दर्भमा निज कौशल किशोर रायलाई गुनासो नआउने गरी सजगताका साथ पार्टीको विधान, नियमावली प्रति पूर्ण प्रतिवद्ध रही दत्तचित्तका साथ पदीय जिम्मेवारी अनुरुप कार्य गर्न निर्देशन गर्दछ ।
३-सर्लाही जिल्ला प्रतिनिधि सभा क्षेत्र नं। २ को “१” प्रदेश सभा सदस्य मा। जंगीलाल रायले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीको उम्मेदवारलाई असहयोग गरेको उजुरी सम्बन्धमा छानविन पश्चात निजलाई केन्द्रीय अनुशासन समितिको तर्फबाट स्पष्टिकरण सोधिएकोमा निजले आफु माथि लागेको आरोपहरु निराधार असत्य र कपोलकल्पीत हुन, पार्टी विरुद्धको गतिविधिमा संलग्न रहेको छैन भनी मिति २०८३र०१र२१ गते स्पष्टिकरण जवाफ पेश गरेको सन्दर्भमा निज जंगीलाल रायलाई गुनासो नआउने गरी सजगताका साथ पार्टीको विधान, नियमावली प्रति पूर्ण प्रतिवद्ध रही दत्तचित्तका साथ पदीय जिम्मेवारी अनुरुप कार्य गर्न निर्देशन गर्दछ ।

४. नेपाली कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादवले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई निर्वाचनमा हराउन लागेको भनी नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी प्राप्त भएकोमा नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिबाट निज राजेश राय यादवलाई मिति २०८-_०१-३० गते अनुशासन उल्लघंनको कसुरमा ५ (पाँच_ दिने स्पष्टिकरण सोधिएकोमा तोकिएको समयावधि भित्र स्पष्टिकरण नवुझाएकोले पुनः मिति २०८३र०२र१२ गतेका दिन ३ ९तीन० दिने स्पष्टिकरण माग गरिएकोमा दोस्रो पटक समेत कुनै जवाफ नदिएको सन्दर्भमा यस विषयमा थप अनुसन्धान गरी अन्तिम निर्णयमा पुग्नु पर्ने देखिएको हँुदा निज राजेश राय यादवलाई बारा जिल्लाको सभापति पदमा राखिराख्दा अनुसन्धान कार्य समेत प्रभावित हुने भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) ९ङ० तथा ऐ.नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा अन्तिम निर्णय नहुन्जेल सम्मका लागि राजेश राय यादवलाई नेपाली कांग्रेस बारा जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्वन गर्ने निर्णय गर्दछ ।
५. नेपाली कांग्रेस वारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत (पाल)का उपर परेको उजुरीको सम्बन्धमा निजलाई नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८३-०१-१६ गतेको निर्णय अनुसार अनुशासन उल्लघंनको कसुरमा स्पष्टिकरण सोधिएकोमा निजले मिति २०८३-०२-१० गते स्पष्टिकरण जवाफ पेश गरेको र यस विषयमा केन्द्रीय अनुशासन समितिको तर्फबाट थप जाँच पड्ताल समेतको कार्य गर्नुका साथै मिसिल संलग्न कागजात अध्ययन गर्दा निज अमिरीलाल राउत (पाल) को जवाफ सन्तोषजनक रहेको समेत देखिएको हुँदा निजलाई यस विषयमा थप कारवाही गर्नु पर्ने अवस्था नदेखिएकोले निजमाथि लगाइएको आरोपबाट सफाई पाउने ठहर गर्दछ ।