रविलाई दिल्लीमा भाजपा नेताहरुको स्वागत
काठमाडौं, १८ जेठ ।
राष्ट्रिय स्वतन्त्र पाटीं (रास्वपा)का सभापति रवि लामिछानेलाई नयाँ दिल्लीमा भारतीय जनता पार्टीका नेताहरुले स्वागत गरेका छन् । सोमबार अपराह्न काठमाडौंबाट दिल्ली पुगेका लामिछानेलाई सत्ताधारी भाजपाका भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव तथा राज्य सभा सांसद अरुण सिंहले विमानस्थलमा स्वागत गरे।
भारतीय जनता पार्टीको निमन्त्रणामा चार दिने भ्रमणमा लामिछाने दिल्ली पुगेका हुन् । लामिछानेले दिल्लीमा भारतीय प्रधामन्त्री नरेन्द्र मोदी, भाजपाका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले निम्तामा दिल्ली भ्रमणमा जान गएका लामिछानको जेठ १८ देखि २२ सम्मका कार्यक्रम तय गरिएको छ । रवि राम जन्मभूमि अयोध्या भ्रमणमा जानसक्ने बताइएको छ ।
भ्रमणमा रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य सहभागी छन्।
रास्वपा सभापतिको पार्टीगत निमन्त्रणमा भएको भ्रमणलाई कूटनीतिक राजनीतिक वृतमा अर्थपूर्णरुपमा लिइदैंछ । प्रधानन्त्री बालेन्द्र शाहको भ्रमणको टुंगो नलागेर दिल्लीसँगको सम्बन्धबारे प्रश्नहरु सार्वजनिक भइरहेको समयमा रविले पार्टीगत भ्रमण गर्न गरेका हुन्m जसले रास्पपा, भाजपा सहीत भारतसँगको सम्बन्धमा सुधार हुने विश्वास गरिदैछ ।
तस्बिर : रास्वपा

