काठमाडौं,२३ वैशाख ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा प्रदेश र स्थानीयतह केन्द्रीय प्रदेश स्तरीय भेला आयोजना गर्ने भएको छ । बुधबार, प्रतिष्ठानको पहिलो बैंठकले प्रदेश स्तरीय भेला आयोजना गर्ने कार्यक्रम ल्याएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पहिलो बैठकमा पार्टी सभापति गगनकुमार थापाले प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको शपथ गराए भने शर्माले प्रतिष्ठानका मनोनय गरिएका सदस्यहरुको शपथ गराएको पार्टीले प्रकाशीत विज्ञप्तिमा उल्लेख छ । प्रतिष्ठानमा हालैमात्र ३९ सदस्य मनोनयन गरिएका छन् । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाले जारी गरेको विज्ञप्तिमा प्रतिष्ठानको उपप्रखुमा शर्माले मधु आचार्य मनोनित भएका गरेका छन् ।
शपथका औपचारिक कार्यक्रम पछि प्रतिष्ठानमा प्रमुख शर्माले सातै प्रदेशमा कार्यक्रम घोषणा गरेका हुन् ।

प्रदेश स्तरिय कार्यक्रम, स्थान र मिति 

सुदूरपश्चिम प्रदेश — २०८३ वैशाख २६ र २७ गते, धनगढी, कैलाली
कर्णाली प्रदेश — २०८३ वैशाख २८ र २९ गते, लेकवेसी, सुर्खेत
गण्डकी प्रदेश — २०८३ वैशाख ३१ र जेठ १ गते, पोखरा, कास्की
बागमती प्रदेश — २०८३ जेठ ४ र ५ गते, धुलिखेल, काभ्रेपलाञ्चोक
मधेश प्रदेश — २०८३ जेठ ६ र ७ गते, वर्दिवास, महोत्तरी
कोशी प्रदेश — २०८३ जेठ ८ र ९ गते, लौकही, सुनसरी
लुम्बिनी प्रदेश — २०८३ जेठ १४ र १५ गते, तिलोत्तमा, रुपन्देही