अनुसन्धानमा मेरो समर्थन र सहयोग रहन्छ, छापामारी प्रति गम्भीर आपक्ति : बागमति मुख्यमन्त्री इन्द्रबहादुर बाँनिया
बाँनियाले भनेका छन् — बागमति प्रदेशबासी एवम् मेरा शुभेच्छुक र शुभचिन्तकलाई भ्रमित र चिन्तित नहुन अनुरोध गर्दछु ।
काठमाडौं, २१ वैशाख ।
बागमति प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिँयाले सम्पत्ति शुद्धिकरण विभागको नाममा गरिएको छापामारबाट आफ्नो व्यक्तिगत र सामाजिक चरित्र माथि आघात पुगेको बताएका छन् ।
सम्पत्ति शद्धिकरण अनुसन्धान विभागले आइतबार बाँनियाको निवास र कार्यालयबाट कागजपत्रहरु नियन्त्रणमा लिएको घटनालाई लिएर उनले विज्ञप्ति प्रकाशीत गर्दे भनेका छन् ‘राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रुपमै पनि उपस्थित हुने विद्यमान अवस्थामा अकस्मात गरिएको छापामारी प्रति आपत्ति जनाउँदछु ।’
नेपाली काग्रेस बागमति प्रदेशका सभापति एवं बागमति प्रदेशका मुख्यमन्त्री बाँनिया ए क्लासका निर्माण व्यवसायी हुन् ।
बानिँयाले भनेका छन् ‘राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले पुनस् स्पष्ट पार्न चाहन्छु कि संवैधानिक र कानूनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा मेरो पूर्ण समर्थन र सहयोग रहन्छ ।’
सम्पत्ति शुद्धिकरण विभागले गरेको छापामारीबाट चिन्तित नहुन् उनले आफ्ना समर्थक र शुभचिन्तकलाई आश्वस्त गरेका छन् । ‘बागमति प्रदेशबासी एवम् मेरा शुभेच्छुक र शुभचिन्तकलाई भ्रमित र चिन्तित नहुन अनुरोध गर्दछु । म यहाँहरुको सेवामा तत्पर रहने छु ।’
बाँनियाले जारी गरेको प्रेस विज्ञप्ति


