काठमाडौं, २० वैशाख ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले अनुमोदनलाई पठाएका सबै जसो अध्यादेशहरु जारी गर्दे संवैधानिक परिषद सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता पठाएका छन् । राष्ट्रपति कार्यालयबाट प्रेसित पत्रमा राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि २०८२ असार २५ मा पेस भएकोमा सन्देशसहित उक्त विधेयक फिर्ता पठाइएको राष्ट्रपति छ।


पत्रमा केपि शर्मा ओली नेतृत्वको सरकारले २०८२ असार २५ गते पठाएको विधेयक प्रमाणीकरण नगरि फर्काएको, सुशिला कार्की नेतृत्वको सरकारले २०८२ मंसिर २ गते

 

पठाएको अध्यादेश समेत फर्काएको स्ममरण गरउँदै बालेन्द्र शाह नेतृत्वले पठाएको अध्यादेश फिर्ता गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश शाक्यबाट प्रेसित पत्रमा भनिएको छ ‘संवत् २०८३ वैशाख १४ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम सिफारिस भइ आएको संवैधानिक परिषद् अध्यादेश, २०८३ को विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न पठाउनु भएको छ ।’ राष्ट्रपतिले आइतबार केही नेपाल संशोधन विधेयक भने जारी गरेका छन् ।