दुई अध्यादेश जारी, संवैधानिक परिषदबारे विमर्श गर्दे राष्ट्रपति
काठमाडौं, १७ वैशाख ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले अध्यादेशका लागि पठाएका विभिन्न विधेयक मध्ये सहकारी सम्बन्धी र सार्वजनिक खरिद सम्बन्धी दुई अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवत्ता रितेश कुमार शाक्यले दुई अध्यादेश जारी भएको जनाएका छन् ।
अर्को महत्वपूर्ण संवैधानिक परिषद सम्बन्धि अध्यादेशमा भने राष्ट्रपतिले कानूनविदसँग परामर्श थालेका छन् । राष्ट्रपति कार्यालयका अनुसार आज राष्ट्रपतिले कानूनविद बद्रीबहादुर काकीए, महादेश यादव, पूर्णमान शाक्य, भीमार्जुन आचार्य र टिकाराम भट्टराईसँग परामर्श गरेका छन् ।
कानूनविदहरुले एउटै राय भने दिएनन् । केहीले सन्देशसहित प्रधानमन्त्रीलाई फिर्ता पठाउन सुझाव दिएका छन् । केहीले राजनीतिक पार्टीसँग पनि परामर्श गर्न सुझाएका छन् । धेरैजसोले थप परामर्श गरेर निचोडमा पुग्न सुझाएका छन् ।

