वरिष्ठ साइक्लिस्ट एवम् वातावरणविद् बस्न्यातको नेतृत्वमा ३६ जनाले साइक्लिङ गरिरहेका छन्। साइक्लिस्ट र सहयोगी समेत गरेर ५१ जना यात्रामा सहभागि छन्। भैरहवाबाट पनि केही साइक थपिँदैछन्।

काठमाडौं,१७ वैशाख ।
विश्व शान्ति र मानव कल्याणको कामना गर्दै २५७० औं बुद्ध पूर्णिमाका अवसरमा ‘हिमालय फ्रेन्डसिप अर्गनाइजेसन’ र ‘युनिभर्सल पिस स्याङ्चुरी’ले संयुक्त रुपमा आयोजना गरेको ‘शान्तिका लागि साइकल यात्रा’को टोली रजहर पुगेको छ।


वैशाख १५ गते काठमाडौंको स्वयंभुबाट सुरु भएको पाँच दिने यात्राका सहभागिहरू पहिलो दिन हेटौंडामा बास बसेका थिए । दोस्रो बास रजहरस्थित पिप्रहर सामुदायिक होमस्टेमा बस्दै उनीहरू बिहीबार भैरहवा पुग्नेछन्।
शुक्रबार लुम्बिनी पुगेर उनीहरूले विश्व शान्तिको कामना गर्दै ध्यान तथा दीप प्रज्वलन गर्ने ‘शान्तिका लागि साइकल यात्रा’ का संयोजक देवेन्द्र बस्न्यातले बताए।
शुक्रबार लुम्बिनी पुगेर उनीहरूले विश्व शान्तिको कामना गर्दै ध्यान तथा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको । वरिष्ठ साइक्लिस्ट एवम् वातावरणविद् बस्न्यातको नेतृत्वमा ३६ जनाले साइक्लिङ गरिरहेका छन्। साइक्लिस्ट र सहयोगी समेत गरेर ५१ जना यात्रामा सहभागि छन्। भैरहवाबाट पनि केही साइक थपिँदैछन्।
शुक्रबार लुम्बिनी पुगेर उनीहरूले विश्व शान्तिको कामना गर्दै ध्यान तथा दीप प्रज्वलन गर्ने ‘शान्तिका लागि साइकल यात्रा’ का संयोजक देवेन्द्र बस्न्यातले बताए।
यात्राको पाँचौं दिन ध्यानपछि रिम्पोछेको पुस्तक ‘पाथ टु पर्फेक्ट फ्रिडम’को नेपाली अनुवाद ‘पूर्ण मुक्तिको मार्ग’ लोर्कापण गरिनेछ। त्यसपछि उनीहरू गाडीमा फर्कनेछन्। आयोजक संस्थाका अध्यक्ष तिलकबहादुर लामाका अनुसार लुम्बिनीबाट विश्व शान्तिको सन्देश दिन कार्यक्रम आयोजना गरिएको।
पहिलो कुरा विश्व शान्तिको कामना गर्नु हो’, लामाले भने, ‘दोस्रो कुरा यसले खेल पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने छ।’
विश्वविख्यात धर्म गुरु श्याल्पा तेन्जिन रिम्पोछेको आब्हानमा यो यात्रा आयोजना गरिएको हो।
तस्बिर साभार : एभरेस्ट पेडिया