३७ वर्षीय साइमनले १० वर्षीय छोरा ग्रावियलको मेची —महाकाली साइकल यात्रा गर्ने इच्छाअनुसार यात्रामा निस्किएको जानकारी दिए ।
बागमती, २३ साउन ।
पोखराको लेकसाइडस्थित खहरेका साइकलयात्री साइमन आफ्ना १० वर्षीय छोरा ग्रावियलसहित मेची—महाकाली साइकल यात्राको लक्ष्यसहित हेटौँडाबाट अगाडि बढेका छन् । यही अगष्ट १ तारिख (साउन १६ गते) देखि काँकडभित्ताबाट साइकल यात्रा सुरु गरेका साइमन  यात्राको सातौँ दिन हेटौँडा आबाट अघि बढ्दै  आजै चितवनतर्फको यात्रा गर्ने साइमनले जानकारी साइमनले दिए
हेटौँडा आएका उनीहरूलाई हिमालयन राइडर्स सोसाइटी हेटौँडाका अध्यक्ष राजु थापामगरसहित सोसाइटीका पदाधिकारी तथा सदस्यले स्वागत गरे ।
आफू पनि बाल्यावस्थादेखि साइकलयात्रा गर्ने गरेको अनुभव सुनाउँदै ३७ वर्षीय साइमनले १० वर्षीय छोरा ग्रावियलको मेची —महाकाली साइकल यात्रा गर्ने इच्छाअनुसार यात्रामा निस्किएको जानकारी दिए । छोरा ग्रावियल पोखरास्थित शुभकामना विद्यालयमा कक्षा ४ मा पढ्दै छन् । साइकल यात्रा यति नै दिनमा पूरा गर्ने भन्ने नभए पनि करिब १५ देखि २० दिनमा यात्रा पूरा गर्ने साइमनले बताए । रासस ।