सरकारको नीति तथा कार्यक्रम, बजेट पेश हुने, सरकारले धेरै विधेयक छलफलका लागि प्रस्तुत गर्ने भएकोले वर्षे अधिवेशन व्यस्त हुनेहुन्छ ।

वैशाख १७ गते देखि प्रतिनिधिसभा निर्वाचन पछिको पहिलो अधिवेशन अधिवेशन आव्हान भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको बैंठक आव्हान गरेका छन् ।
राष्ट्रपति कार्यालयबाट संसद सचिवालाई गरेको पत्रमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका छन् ।
पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को वैशाख ८ गतेको बैठकको सिफारिसमा सङ्घीय संसद् भवन, सिंहदरबारमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
संसदीय अभ्यासमा वर्षे अधिवेशन महत्वपूर्ण मानिन्छ । वर्षे अधिवेशनलाई ‘बिजनेश’ अधिवेशन पनि भन्छिन, सांसदहरु धेरै व्यस्त हुने भएकोले । यही अधिवेशनमा आर्थिक वर्ष २०८२÷८३ को बजेट पेश हुन्छ । प्रत्येक वर्षको जेठ १५ मा आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

सरकारले संसदमा यसै अधिवेशनमा नीति तथा कार्यक्रम, आर्थिक सर्वेक्षण पेश गर्दछ । सरकारको बजेट, नीति तथा कार्यक्रम, आर्थिक सर्वेक्षण लगायतका नियमित कार्यभार बाहेर सरकारले अधिवेशनमा विधेयकहरु पेश गर्ने गर्दछ ।
वैशाखमा बोलाएको अधिवेशन भदौ, अशोजसम्म चालु रहने विगतका अनुभव छन् ।