धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न तीन सदस्यीय समिति गठन
समितिको संयोजकमा डा. गुणाकर भट्ट,समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त।
काठमाडौं, ८ वैशाख।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिकालागि मंगलबार बसेको मन्त्रिपरिषदको बैंठकले तीन तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।
बैंठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले सञ्चारकर्मीलाई जानकारी दिए अनुसार समितिमा अर्थ मन्त्रालयका सचिव डा.धनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहेका छन्।
त्यस्तै मन्त्रिपरिषद्को बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य तथ सदस्यमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा तिमिल्सिनाले बताए ।
बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ। त्यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ । मन्त्रिपरिषद्को बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ।

