एकताको पहल गर्दे गगनले भेटे पूर्णबहादुरलाई
१५ औं महाधिवेशनमा होमिएको कांग्रेसमा आफ्नो, आफ्नो पक्षको प्रभाव र पकड कायम राख्ने राजनीतिक अभ्यासहरुले आकार लिन थालेका छन् ।
काठमाडौं, वैशाख ६ ।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको वृहत्तर एकताका लागि पहल सुरु गरेका छन् । थापाले आइतबार साँझ निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्कासँग संवाद गरेका छन् । थापा खड्कालाई भेट्न खड्का निवास गोल्फुटार पुगेका थिए।
पार्टीमा देखिएको केही बेमेल हटाएर एकताका लागि पहल गर्न नेता खड्कासँग भेटेको सभापति थापाले बताए । ‘पार्टीको वृहत्तर एकताका लागि सिनियर नेताहरुसँग संवाद सुरु गरेको छु’ थापाले भने।
सभापति थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताएका छन् । पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको र महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न आम कांग्रेसी नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।
सर्वोच्च अदालतले विशेष अधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता दिएपछि कांग्रेस राजनीति नयाँ मोडमा पुगेको छ । विशेष अधिवेशनको औचित्य माथि प्रश्न उठाउँदै आएको पूर्व सभापति शेरबहादुर देउवा समुह जसको संयोजन पूर्णबहादुर खड्काले गर्देछन उनीहरु अदालतको फैसला पछि पार्टी विभाजनसम्मको धम्की दिदंै समानान्तरमा छलफल गरिरहेका छन् ।
पूर्वसभापति देउवा र पूर्णबहादुर खड्काले निर्वाचन आयोगले विशेष अधिवेशनबाट चुनिएको केन्द्रीय समितिलाई वैधानिकता दिएको विरोधमा सर्वोच्चमा रिट दिएका थिए । अदालतले शुक्रबार सो रिट खारेज गरेपछि खड्काको समुह सक्रिय बनेका छ र दिनदिनै दबाबमूलक कार्यक्रम आयोजना गर्देछन् ।
गगन थापा र खड्काबीच कुन कुन विषयमा कुरा भयो ? सहमति, असहमतिका बुँदाहरु के के हुन खुलेका छैनन् । गगनले बृहद एकताको पक्षमा अभियानको प्रारम्भ गरेपछि पूर्णले नेतृत्व गर्ने समुहमा दबाब पर्ने देखिन्छ । त्यसो त, विशेष अधिवेशनबारे न बिरोध न त समर्थनको समवयी नीति लिदैं आएको डा. शेखर कोइरालाको समुह खड्काको समुहमा सहभागि भएको छैन । बैग्लै अभियान संचालन थालेको छ ।
कांग्रेस भित्र विरोध, समर्थन र दुबैबीच सन्तुलन राख्ने राजनीतिको मुख्य कारण भने पार्टीको प्रारम्भ भएको १५ औं अधिवेशन हो । क्रियाशील सदस्य हुँदै, वडाबाट प्रारम्भ भएर केन्द्रीय समिति गठन गर्ने कांग्रेस महाधिवेशन सुरु भैसकेको छ । अशोज १६—१९मा काठमाडौंमा केन्द्रीय अधिवेशन गर्ने कार्यक्रम छ ।
