सर्वोच्चको फैसला स्वीकार्दे फराकिलो समुहमा थप छलफल गर्ने रणनीतिमा पूर्णबहादुर
डा. शेखर कोइराला जो पार्टी सभापतिको दौडमा छन् । उनलाई आफ्नो नेता स्वीकार्न सक्ला खड्का समुहले ?
काठमाडौं, ५ वैशाख ।
कांग्रेस विशेष अधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्व माथि वैधानिकताको प्रश्न उठाउँदै आएको पूर्वसभापतिको समुहले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने नीति लिएको छ ।
सर्वोच्च अदालतले शुक्रबार विशेष अधिवेशनबाट चुनिएको नेतृत्वलाई निर्वाचन आयोगले दिएको वैधानिकतालाई सदर गर्दे पूर्व सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको रिट निवेदन खारेज गरिदिएको हो ।
अदालतको फैसला पछिको नयाँ परिस्थितिमा खड्काले आफ्नो निवासमा पूर्व केन्द्रीय समितिका पदाधिकारीहरुलाई बोलाएर छलफल गरेका हुन् । छलफलका क्रममा खड्का समुहले अदालतको फैसलामा केही असन्तोष व्यक्त गर्दे फैसलालाई स्वीकार गरेको हो ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माका अनुसार शनिबारको मिटिङ्गमा पूर्व केन्द्रीय समितिका पदाधिकारीहरुलाई निम्ता गरिएको थियो । विश्वकर्माले मिटिङ्गमा खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला, शंशाक कोइराला, उमाकान्त चौधरी, रमेश लेखक, मीन विश्वकर्मा लगायत १२ जना रहेका बताए ।
मीन विश्वकर्माले भोली अझ ठूलो आकार भेला बोलाएको जानकारी । ‘ शेरबहादुर देउवा र पूर्णबहादुर खड्कालाई त्यसबेलाका १ सय २२ केन्द्रीय सदस्यले रिट निवेदन हाल्न सहमति दिएका हुन्’ विश्वकर्माले भने ‘ काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरु समेतको छलफलबाट अगाडि बढ्ने कुरा भएको छ ।’
पत्रकारहरुसँग कुरा गर्दे विश्वकर्माले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मेवारी अब सभापति गगन थापाको काँधमा आएको बताएक छन् । विश्वकर्माले भने , “पहिले शेरबहादुर देउवाको खुट्टामा रहेको बल अहिले सर्वोच्च अदालतले गगन थापाको खुट्टामा फालिदिएको छ । अब उहाँले नै पार्टीलाई कसरी एकताबद्ध बनाउने र सबैलाई समेटेर लैजाने भन्नेमा विशेष पहलकदमी लिनुपर्छ ।”
नेपाली कांग्रेस भित्र विगत ४ महिनादेखि रुमल्लिएको को वैधानिक भन्ने विवाद किराना लागेको छ । तर, पार्टी भित्र एकमत हुन सकेको देखिदैन । पार्टी सभापनि गगनकुमार थापा, महामन्त्रीद्धय गुरु घिमिरे र प्रदीप पौडेलले सामाजिक सजाल मार्फत फैसलालाई कुसैको विजय पराजयको विषय बनाउन नहुने बताउँदै आएका छन् । थापाले सबैलाई मिलाएर आफू अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सामाजिक सजालमा थापाले लेखेका छन्‘ पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु।’
सामाजिक संजालमा गगन लेख्छन् :
सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ। यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो।
पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ(आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने मेरो विश्वास छ। पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु।
पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ। महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ।
अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एक ढिक्का भएर अघि बढौँ।’
कांग्रेस महाधिवेशनमा होमिएको छ । आगामि अशोज १६ देखि १९ सम्म काठमाडौंमा हुने तय भएको छ । कांग्रेसका दुबै पक्ष अब अधिवेशनमा केन्द्रीत हुने देखिन्छ । पार्टी सभापतिले पूर्व सभापति खेमाका कतिलाई आफ्नो टिममा समेट्न सक्छन् ? वा सक्तैनन् ? समयक्रममा देखिने छ । उता, देउवा समुहबाट एउटै टिम बन्ने कुरा चुनौतीपूर्ण देखिन्न । पूर्वसभापति देउवाले आफ्नो विरासत कसैलाई तोकेका छैनन् । उनी आफै तेश्रो पटक काग्रेस विधान अनुसार सभापति उमेदवार बन्न सक्तैनन् । पूर्णबहादुरलाई सर्वसम्मत बनाउन निधि, सिटौैला, प्रकाशमानहरु सहमत हुन सक्लान ? त्यस्तै डा. शेखर कोइराला जो पार्टी सभापतिको दौडमा छन् । उनलाई आफ्नो नेता स्वीकार्न सक्ला खड्का समुहले ? वा शेखरको बेग्लै मैदानमा उत्रने हुन् ? प्रश्नहरु अनुक्तरित छन् ।
