कांग्रेसले मुलुकभर निर्वाचन समीक्षा गर्दे, प्रदेशस्तरमा केन्द्रीय प्रतिनिधि खटिए
काठमाडौं, १७ चैत ।
नेपाली कांग्रेसले मुलुभर निर्वाचनको समीक्षा र अबको बाटो सम्बन्धी छलफल गर्न केन्द्रीय प्रतिनिधिहरु तोकेको छ । पार्टीका महामन्त्री प्रदीप पौडेलले मंगलबार जारी गरेको प्रेसनोटमा सातै प्रदेशका १६५ निर्वाचन क्षेत्रमा निर्वाचन समीक्षा गर्दे अबको बाटो सम्बन्धमा छलफल गर्ने जनाइएको छ । प्रेस नोटमा भनिएको छ ‘ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत्र १० र ११ गते सम्पन्न बैठकको निर्णयानुसार निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो सन्दर्भमा ७ वटै प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुसँग निर्वाचन समिक्षात्मक छलफल र केन्द्रीय प्रतिनिधिको उपस्थितिमा १६५ वटै क्षेत्रमा क्षेत्रगत अध्ययन र समीक्षा गरिनेछ ।’
क्षेत्रगत समीक्षाका लागि केन्द्रीय सदस्य र स्थान तोकिएको छ । प्रेस नोटमा कार्यक्रमलाई सफल र प्रभावकारी बनाउनका लागि प्रदेशमा तोकिएका संयोजकसँग आवश्यक समन्वय गरी सम्बन्धित प्रदेश अन्तर्गतका केन्द्रीय कार्यसमितिका सदस्यहरु, प्रदेश कार्यसमितिका पदाधिकारीहरु, जिल्ला सभापतिहरु, प्रतिनिधि सभा क्षेत्रीय सभापतिहरु, प्रदेश सभा सदस्यहरु, प्रदेश सभा क्षेत्रीय सभापतिहरु र प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरुको उपस्थिति हुने र सम्बन्धित जिल्ला कार्यसमितिले कार्यक्रमको व्यवस्थापन गर्ने उल्लेख छ ।
प्रदेश स्थान मिति संयोजक
कोशी प्रदेश विराटनगर : डा. डिला संग्रौला पन्त २०८२ चैत्र २३ गते
मधेश प्रदेश जनकपुर : फरमूल्लाह मंसुर २०८२ चैत्र २५ गते
बागमती प्रदेश हेटौडा: बहादुर सिंह लामा२०८३ वैशाख ७ गते
गण्डकी प्रदेश पोखरा :देवराज चालिसे २०८२ चैत्र २७
लुम्बिनी प्रदेश दाङ : योगेन्द्र चौधरी २०८२ चैत्र २९ गते
कर्णाली प्रदेश सुर्खेत: कर्णबहादुर बुढा २०८३ वैशाख ३ गते
सुदूरपश्चिम प्रदेश कैलाली : प्रकाश रसाइली स्नेही २०८३ वैशाख ५ गते
