आन्दोलनमा उत्रने एमाले घोषणा :सदन, सडकबाट विरोधमा गर्ने
पार्टी केन्द्रीय समिति बैंठक तत्कालै बस्दै, जनसंगठनका बेग्लै कार्यक्रमकाठमाडौं १७ चैत ।
नेपाल नेकपा एमालेको पार्टी सचिवालय बैंठकले पार्टीका अध्यक्ष केपि शर्मा ओलीलाई प्रहरीले प्रकाउको विरोधमा नयाँ विरोध कार्यक्रम घोषणा गरेको छ । पार्टीका महासचिव शंकर पोखरेलले मंगलबार नयाँ कार्यक्रमको घोषणा गर्दे चाडै बस्ने केन्द्रीय समिति बैंठकमा वर्तमान राजनीतिबारे विस्तृतमा छलफल गर्ने जानकारी गराएका छन् ।
पार्टी कार्यलय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकको प्रतिशोधपूर्ण र बदला–प्रेरित गिरफ्तारी विरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत दमन गरेको निर्णय गर्दे कार्यक्रम घोषणा गरेको छ । बैंठकले अध्यक्ष ओलीको गिरफरी पछि एमालेका वर्गिय संगठनहरुले गरेको विरोध कार्यक्रममा सरकारले दमन गरेको आरोप लगाएको छ । बिरोध कार्यक्रमहरुलाई उत्तेजित बनाएर दमन गर्ने नीति रहेको महासचिव शंकर पोखरेलले बताए ।
पार्टी कार्यालयमा १८ गते जनसंगठन सयन्त्रको बैंठक बस्ने र सो बैंठकले जनसंगठनहरुले आआफ्नो ढंगले विरोध कार्याक्रम सचालन गर्ने पोखरेल बताए ।
विरोध कार्यक्रम
१.चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने।
२.चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने।
३.वैशाख ३ गते वडा तहमा भेला गर्ने।
४.वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।
५. वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।
६.सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ(आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने। साथै, भोलि ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने।
७.सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाही लाई जिम्मेवारी दिइयो।
८. संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याल लाई दिइयो। साथै, भोलि ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने।
९.आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ।
