संविधान संशोधन प्रतिनिधि सभाको दुई तिहाईले मात्र गर्न सक्दैन, राष्ट्रिय सभा समेतको ३२३ सांसद  चाहिन्छ दुई तिहाईवाला सरकार र संसदले अर्को तमासा नदेखाओस् ।

रास्वपा र बालेनलाई नमागेको तर, एक सचेत नागरिकको सल्लाह

राष्ट्रपति–उपराष्ट्रपति फेर्ने र संविधान संशोधनको अनावश्यक बहस र उक्साहटमा दुई तिहाईवाला रास्वपा नलागोस् ।
प्रतिनिधिसभाको मात्र दुई तिहाईले गर्न नसक्ने काम, जुन यस्ता छन् ।
१. राष्ट्रपति–उपराष्ट्रपति फेर्न सकिन्न


रास्वपाको सरकार आएपछि राष्ट्रपति र उपराष्ट्रपति फेरिने चर्चाहरु सुनिन थालेका छन् । तर, प्रतिनिधिसभामा दुई तिहाई ल्याएपनि त्यस गणितले मात्र संविधानतः पाँच वर्ष कार्यकाल रहेको राष्ट्रपति, उपराष्ट्रपति फेर्नसक्ने संवैधानिक व्यवस्था छैन । स्वैच्छिक राजीनामा बाहेक सरकारले बर्खास्त गर्न सक्दैन । महाअभियोग लगाएर हटाउन संघीय संसदको दुई तिहाइ चाहिन्छ ।
नेपालको संसद प्रतिनिधिसभा र राष्ट्रिय सभा मिलेर बनेको छ । प्रतिनिधिसभामा २७५ र राष्ट्रिय सभामा ५९ गरी कुल ३३४ संघीय सांसद हुन्छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको कुल सदस्य (२७५+५९= ३३४) को दुई तिहाइ (कम्तीमा २२३) चाहिन्छ । प्रतिनिधिसभाको दुई तिहाइ (१८४) ले मात्र पुग्दैन । राष्ट्रिय सभाको पनि समर्थन अनिवार्य छ। जहाँ रास्वपाको हाल एक सदस्य पनि छैनन् ।
२. संविधान संशोधन प्रतिनिधि सभाको दुई तिहाईले मात्र गर्न सक्दैन
संविधान संसोधनका लागि प्रतिनिधिसभाको दुई तिहाइ मात्र पर्याप्त हुँदैन, राष्ट्रिय सभाको पनि दुई तिहाई चाहिन्छ । नेपालको संविधानको धारा २७४ मा संविधान संशोधनसम्बन्धी व्यवस्था उल्लेख छ ।
जसअनुसार, नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ता बाहेकका अरु विषयमा संविधान संशोधन गर्न सकिने छ । र, दुई तिहाईको सरकारले संविधान संशोधन गर्न सक्छ । तर, यसमा पनि संघीय संसदमा कायम सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमत अर्थात् राष्ट्रिय सभासमेतको समर्थन आवश्यक छ ।
३. अब रास्वपाले चुनावी वाचापत्रमा दुई तिहाई बहुमत दिनोस् संविधान संशोधन गर्छौ भन्दै राखेका एजेन्डा हेर्नोस्
(प्रत्यक्ष निर्वाचित कार्यकारी
–पूर्ण समानुपातिक संसद
–सांसद मन्त्री नहुने व्यवस्था
–गैरदलीय स्थानीय सरकार
–सुधारिएको प्रादेशिक स्वरूप
राष्ट्रपति–उपराष्ट्रपति फेर्ने र संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुई तिहाई मात्रले हुँदैन, राष्ट्रिय सभाको पनि दुई तिहाई चाहिन्छ । त्यसैले यो टाय टाय फिस्सवाला बाटोमा कमसेकम रास्वपा नेतृत्व र बन्नेवाला प्रधानमन्त्री बालेन नलागुन् । वा अत्यावश्यक हो भने विपक्षमा रहेका सबै दलसमेतको सहमति जुटाउन् ।
तर, जनतालाई आज चाहिएको भ्रष्टाचारविरुद्ध निर्मम प्रहार र सुशासन हो । विकास हो । नागरिकको चुलासँग जोडिएको आर्थिक उन्नति हो । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा जस्ता विषयमा अन्धाधुन्ध भइरहेको व्यापारीकरणको अन्त्य हो । राज्यका निकायमा भएको कामचोर प्रवृत्ति र दलीयकरणको अन्त्य हो ।
यी काम गर्न न संविधान बाधक छ, न संसद नै बाधक बन्छ । त्यसैले राष्ट्रपति हटाउने र संविधान चलाउने अनावश्यकको हुँडलोमा परेर दुई तिहाईवाला सरकार र संसदले अर्को तमासा नदेखाओस् । हामीले पछिल्लो तीस वर्षे अवधिमा यस्ता तमासा खुबै देख्यौं । अब चाहिएको तमासा होइन, नागरिक समस्याका समाधान हुन् ।
जय नेपाल, जय नेपाली ।।
भबतु सब्ब मंगलम् । सबको भलो होस्, सबको कल्याण होस् ।
नोट : पत्रकार राजन कुँइकेलको फेसबुकबाट ।