प्रेस काउन्सिलको चेतावनी : हामी अनुगमन गरिरहेका छौं
काठमाडौं, ११ फागुन ।
प्रेस काउन्सिल नेपालले फागुन २१ को निर्वाचनको संघारमा केही मिडियाहरुले चुनावी विश्लेषण लगायतका शीर्षका निर्वाचनमा प्रभावित पार्ने उदेश्यले समाचारहरु प्रकाशीत, प्रसारित भैरहेको बताउँदै काउन्सिल निगरानीमा रहेको जनाएको छ । काउन्सिले सूचना प्रकाशीत गर्दे भनेको छ ‘ निर्वाचनमा प्रतिकूल प्रभाव पार्दछ । आचारसंहिता प्रतिकूल देखिएका सामग्रीलाई काउन्सिलले नोटिसमा राखेको छ । स्रोतको संरक्षण नहुने र मतदाताको गोपनियता भङ्ग हुने किसिमबाट पछिल्लो समय केही सञ्चार माध्यमबाट निर्वाचन तथा मतदातालाई प्रभाव पार्ने किसिमबाट ‘चुनावी विश्लेषण’, ‘विशेष रिपोर्ट’, ‘सर्वेक्षण’ भनी मत सर्वेक्षणको शैलीमा राजनीतिक दल र उम्मेदवारको नाम नै किटान गरी ‘जित्नेछन्’, ‘यो उम्मेदवार त्यो भन्दा धेरै अगाडि’, ‘नयाँतिर आकर्षित’, ‘…यसको लहर छ, यसको छैन’, ‘डेन्जर जोनमा’ भनी नागरिकको मनोभावनालाई असर पार्ने, आम मतदाता दिग्भ्रमित हुने र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण भएकोप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ ।’
काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले जारी गरेको सूचनामा भनिएको छ ‘स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र सन्तुलितरूपमा आचारसंहिताको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न र आम मतदाताको विवेक, स्वतन्त्रता र गोप्य मताधिकारको सम्मान गर्न र स्वच्छ एवं निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्न/नगराउन काउन्सिल आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्वद्ध सबैमा आग्रह गर्दछ ।’
सूचना विस्तृतमा :
प्रेस काउन्सिल नेपाल सत्य तथ्य, सन्तुलित, मर्यादित र जिम्मेवार पत्रकारिताको लागि पत्रकार र आमसञ्चार माध्यमलाई अनुगमन गर्ने स्वतन्त्र र स्वायत्त संस्था हो, जसले नेपालमा रहेका आमसञ्चार माध्यमको नियमित अनुगमन गरिरहेको छ । विगतमा झैं प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पनि पत्रकार आचारसंहितालगायत निर्वाचन आचारसंहिता पालना भए÷नभएको विषयमा विशेष अनुगमन गरिरहेको छ ।
निर्वाचनमा प्रतिकूल प्रभाव पार्दछ । आचारसंहिता प्रतिकूल देखिएका सामग्रीलाई काउन्सिलले नोटिसमा राखेको छ । स्रोतको संरक्षण नहुने र मतदाताको गोपनियता भङ्ग हुने किसिमबाट पछिल्लो समय केही सञ्चार माध्यमबाट निर्वाचन तथा मतदातालाई प्रभाव पार्ने किसिमबाट ‘चुनावी विश्लेषण’, ‘विशेष रिपोर्ट’, ‘सर्वेक्षण’ भनी मत सर्वेक्षणको शैलीमा राजनीतिक दल र उम्मेदवारको नाम नै किटान गरी ‘जित्नेछन्’, ‘यो उम्मेदवार त्यो भन्दा धेरै अगाडि’, ‘नयाँतिर आकर्षित’, ‘…यसको लहर छ, यसको छैन’, ‘डेन्जर जोनमा’ भनी नागरिकको मनोभावनालाई असर पार्ने, आम मतदाता दिग्भ्रमित हुने र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण भएकोप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता सामग्रीले स्वच्छ र निष्पक्षसामग्री सम्प्रेषण गर्दा व्यक्तिको सुरक्षा चुनौती हुन सक्दछ । जसले सञ्चार माध्यमको स्वस्थ, स्वच्छ, स्वतन्त्र, सन्तुलित, निष्पक्ष र विश्वसनीय भूमिकामाथि प्रश्नचिन्ह खडा हुनजान्छ । प्रेस स्वतन्त्रताको नाममा प्रेषित सामग्रीले कसैलाई लाभ÷हानी पुग्न सक्दछ । तटस्थ र निष्पक्ष भूमिकामा रहनुपर्ने पत्रकारिताजस्तो महत्वपूर्ण पेसामा आवद्ध सञ्चार माध्यम तथा पत्रकारहरू यस महत्वपूर्ण ऐतिहासिक सन्दर्भमा थप मर्यादित, जिम्मेवार र उत्तरदायी हुनैपर्दछ ।
नेपालको संविधान र प्रचलित नेपाल कानुनको पालना गर्नु हरेक जिम्मेवार नागरिक, संघसंस्थाको कर्तव्य र जिम्मेवारी हो । पत्रकारिताको पेशागत उच्चतम आचरण कायम राखी स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बद्र्धनका लागि प्रेस काउन्सिलको स्थापना भएको हो । प्रेस काउन्सिल ऐन, २०४८ को प्रस्तावना, दफा ५ को उद्देश्य, दफा ७ ले तोकेको अधिकारक्षेत्रभित्र रही प्रेस काउन्सिल नेपाल क्रियाशील रहेको सबैलाई अवगत नै छ । निर्वाचनमा स्वतन्त्रता, निष्पक्षता, पारदर्शिता, भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकारलाई प्रयोग गरी निर्वाचन आचारसंहिता बनेको छ । ऐनको दफा २२ (१–च) मा सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यमले समेत पालना गर्नुपर्दछ भन्ने व्यवस्था रहेको छ । यिनै ऐनको व्यवस्थाअनुसार बनेका आचारसंहिता परिपालनामा क्रियाशील हुनु सम्बन्धित निकायको जिम्मेवारी र कर्तव्य हो भन्ने कुरामा आमसञ्चार जगत अवगत नै छ ।
निर्वाचन सफल बनाउन राज्यका विभिन्न निकायजस्तै सञ्चार जगतको पनि विशेष भूमिका हुने हुँदा स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र सन्तुलितरूपमा आचारसंहिताको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न र आम मतदाताको विवेक, स्वतन्त्रता र गोप्य मताधिकारको सम्मान गर्न र स्वच्छ एवं निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्न÷नगराउन काउन्सिल आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार÷सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्वद्ध सबैमा आग्रह गर्दछ ।
