निपा भाइरसको जोखिम कम : विश्व स्वास्थ संगठन
सक्रमितसँग सम्पर्कमा आएका १९६ जनामा सक्रमण देखिएन, परीक्षण रिपोर्ट नेगेटिभ
काठमाडौं, १८ माघ ।
विश्व स्वास्थ्य संगठनले भारतभन्दा बाहिर रोग फैलिने जोखिम कम भएको बताएको छ र यात्रामा प्रतिबन्ध लगाउनु आवश्यक छैन भनेको छ । विश्व स्वास्थ संगठनले सूचना जारी गर्दे निपाको जोखिम भौगोलिक रुपमामात्र सिमित रहेको बताएको छ ।
यता भारतका अधिकारीहरुले घातक निपा भाइरसको प्रकोप नियन्त्रणमा आएको घोषणा गरेका छन्। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पश्चिम बंगाल राज्यमा गत साता दुई जनामा संक्रमण पुष्टि भएपछि समयमै नियन्त्रण सुनिश्चित गरेको बताएको छ। दुई जना सक्रमितको उपचार भैरहेको छ । सक्रमितसँग सम्पर्कमा आएका १९६ जनाको परीक्षणमा उनीहरुमा निपाको कुनै सक्रमण नभेटिएपछि अधिकारीहरुहरु यस्तो निचोडमा पुगेका हुन् । धेरै एसियाली देशहरूले भारतबाट आउने यात्रुहरूको लागि स्क्रीनिंग प्रक्रियाहरू सुरु गरेका छन्। निपा भाइरस भौगोलिक रूपमा सीमित रहेको बताउँदै सीमापार फैलिएको रिपार्टहरु अहिलेसम्म नदेखिएको बताएको छ।
विश्व स्वास्थ्यले भाइरसबाट उत्पन्न खतरा प्रदेशस्तरमा मध्यम रहेको, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कम रहेको विश्लेृषण गरेको छ ।
निपा भाइरस सुँगुर र फलफूल चमेरो जस्ता जनावरहरूबाट मानिसमा सर्ने जुनोटिक रोग हो। भाइरस मानिसबाट मानिसमा पनि सर्नसक्छ । बिरामीहरूमा ज्वरो र चिसो जस्तो लक्षणहरू देखिन्छ। संक्रमणले इन्सेफलाइटिस पनि निम्त्याउन सक्छ, जुन मस्तिष्कको सूजन हो, मायोकार्डाइटिस वा मुटुको सूजन पनि हुनसक्छ ।
