रुसको अडान डोनबास क्षेत्र युक्रेनले त्याग्नु पर्दछ, युक्रेन अमेरिकी चाहना डोनबास स्वतन्त्र व्यापारीक क्षेत्र

काठमाडौँ, १० माघ

यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अबुधाबीमा यूक्रेन, रूस र अमेरिकाका प्रतिनिधिहरूसँग भएको वार्तामा पूर्वी डोनबास क्षेत्रको भविष्यलाई मुख्य प्राथमिकताका रूपमा राखिएको जानकारी दिएका छन । यी वार्ता रूसको करिब चार वर्ष लामो आक्रमण समाप्त गर्ने प्रयासको हिस्सा हुन । वार्ता आफैमा सकारात्मक उपलब्धी हो, जहाँ युद्धरत युक्रेन र रुसबीच सक्रिय मध्यस्थताको भूमिकामा अमेरिका छन् । वार्ताकै क्रममा रुसले युक्रेनमा रातभर गरेको आक्रमणले वार्ता माथि प्रश्नमात्र उठाएको छैन, रुसको भित्रि प्राथमिकता वार्ता भन्दा सामरिक अस्त्रलाई प्राथमिकता त दिइरहेको छैन ? प्रश्न अनुत्तरित छन् ।

संयुक्त अरब इमिरेट्स (युएई) को विदेश मन्त्रालयले वार्ता शुक्रबार सुरु भएर कुनै सहमति बिना शनिवार सम्पन्न वार्ताालाई सकारात्मक कदम मानिएको छ ।। मन्त्रालयले यसलाई ‘संवाद प्रवद्र्धन र राजनीतिक समाधानको खोजी’ को रूपमा व्याख्या गरेको छ । अमेरिकी प्रशासनले पनि वार्ता सकारात्मक र उत्पादक भएको जनाएको छ ।

वार्ता सुरु हुनु अघि, रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधि स्टिभ विटकोफ र जारेड कुशनरसँग रातभरि विस्तृत छलफल गरेका थिए । क्रेमलिनले दीर्घकालीन शान्ति सम्झौता अघि यूक्रेनले पूर्वी क्षेत्रमा रूसले अवैध कब्जा गरेको भूभागबाट आफ्ना सैनिक फिर्ता गर्नु आवश्यक रहेको जनाइरहेको छ । राष्ट्रपति जेलेन्स्कीले डाभोसमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि भने,“ पूर्वी यूक्रेनमा रूसले कब्जा गरेको भूभागको भविष्य अझै स्पष्ट नभए तापनि शान्ति प्रस्ताव ‘लगभग तयार’ भएको छ । यससँग सम्बन्धित व्यापारिक र आर्थिक पहलका लागि पूर्वी यूक्रेनमा स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने प्रस्ताव ट्रम्पसँग छलफल भएको पनि उनले जानकारी दिए ।

यस्तो वार्ता पहिलो पटक भएको हो, जसमा अमेरिकी प्रशासनका अधिकारीहरूले एकैसाथ यूक्रेन र रूसका प्रतिनिधिहरूसँग बैठक गरेका छन् । राष्ट्रपति जेलेन्स्कीले टेलिभिजन सम्बोधनमा बताए, “हाम्रो प्रतिनिधि टोली वार्तामा नियमित रूपमा रिपोर्ट गरिरहेको छ । उनीहरूले युद्ध अन्त्यका मापदण्डहरूमा छलफल गरिरहेका छन् । सबैभन्दा महत्वपूर्ण कुरा रूसले यो युद्ध अन्त्य गर्ने इच्छा देखाउनु हो ।”

क्रेमलिनले भौगोलिक विवाद समाधानमा जोड

क्रेमलिनले वार्तालाई केवल ‘सुरक्षा सम्बन्धी कार्य समूह’को रूपमा व्याख्या गरेको छ । प्रवक्ता दिमित्री पेस्कोभले भने,“यूक्रेनी सैनिकको पूर्वी डोनबासबाट फिर्ता हुनु रूसका लागि दीर्घकालीन शान्ति सम्झौताको अनिवार्य शर्त हो ।” रूसका परराष्ट्र सल्लाहकार युरी उषाकोभले वार्ता ‘खुला, रचनात्मक र फलदायी’ भएको बताए।

ट्रम्प–जेलेन्स्की भेट

वार्ताको केही घण्टा अघि, राष्ट्रपति जेलेन्स्की डाभोसमा पूर्व राष्ट्रपति ट्रम्पसँग करीव एक घण्टा भेट भएको थियो । वार्ताबारे ट्रम्पले भने “दुवै राष्ट्रपति—पुटिन र जेलेन्स्की—सम्झौता गर्न इच्छुक छन् र सबै पक्षले केही न केही सहमति दिइरहेका छन् ।” उनले सीमाको निर्धारण वार्ताको मुख्य चुनौती रहेको पनि औँल्याए ।

युरोपेली साझेदारप्रति जेलेन्स्कीको विचार

डाभोसमा सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले युरोपलाई ढिलो निर्णय लिनु, सुरक्षा खर्च पर्याप्त नगर्नु, रूसको ‘छायाँ तेल जहाज’ रोक्न असफल हुनु यूक्रेनलाई आर्थिक सहयोग नगर्नु जस्ता विषयमा आफ्नो विचार व्यक्त गरेका छन् । जेलन्स्कीले भने“युरोपले आफ्नो क्षमता अझ सुदृढ गर्न आवश्यक छ र विश्वशक्तिको रूपमा आफ्नो भूमिका सुनिश्चित गर्नुपर्छ ।” उनले भने —वार्ता केवल यूक्रेनको इच्छा मात्रमा निर्भर छैन, रूसले पनि युद्ध अन्त्य गर्ने इच्छा देखाउन आवश्यक छ, जसले दुवै पक्षबीच स्थायी शान्ति स्थापना गर्न सहयोग पुग्नेछ ।

तस्बिर, साभार : युएई सरकार, मार्फत रोयटर्स