सङ्लोन्यूज
काठमाडौं,९ माघ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारदेखी हिउँदे वर्षाको संभावना छ । हाल मुलुकमा पश्चिमी वायुको प्रभाव छ । गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा शुक्रबार सामान्य वर्षा र हिमपातको हुनसक्ने विभागको अनुमानन छ । शनिबार वर्षा पश्चिमबाट प्रारम्भ भएर पूर्वतर्फ सर्देजाने अनुमान गरिएको छ ।
विभागका अनुसार आज दिउँसोको मौसम ः कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका पहाडी भू(भागमा आंशिक बादल लाग्ने छ । बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ ।
आज राती
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने तथा बाँकी भू(भागमा आंशिक बादल लाग्नेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरू, लुम्बिनी प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका अधिकांश स्थानहरूमा तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा मध्यम हिमपातरवर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातरवर्षा को सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित असिनाको समेत सम्भावना रहेको छ ।