काठमाडौं,५ माघ ।
जलवायु विज्ञान विभागको सोमबारको मौसमी विवरण अनुसार हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

विभागका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍भागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

बिहान ७ बजेको तापक्रम केही स्थानको ।
चन्द्रगढी एयरपोर्ट, झापा : ९.५
इलाम : ११.५
नूम : ६.१
ताप्लेजुङ्ग :  ५
लुक्ला : १.४
बिराटनगर : ८.५
धनकुटा : ९.३
राजविराज : ९.३
जनकपुर :८.४
सिमरा : ९.४
काठमाडौं खुमलटार : ४
पोखरा : ८.६
जोमसोम :—०.८
भैरहवा, रुपन्देहीः ८.६
नेपालगंज :  ८.४
जुम्ला :—५.५
धनगढीः ७.२
दिपायल : ३.६
सिमिकोट, हुम्ला :—३.१