कहाँ कति चिसो ? पूर्व भन्दा पश्चिम चिसो, काठमाडौं ३.४
काठमाडौं, २ माघ ।
जलवायु विज्ञान विभागको शुक्रकबारको मौसमी विवरण अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
विभागका अनुसार आज दिउँसो तराई भू(भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
बिहान ७ बजेको तापक्रम केही स्थानको ।
चन्द्रगढी एयरपोर्ट, झापा :८.२
इलाम :११.७
लुक्ला :—१.८
बिराटनगर :८.२
धनकुटा : १०.१
राजविराज :८.९
जनकपुर :८.६
सिमरा :८.१
काठमाडौं खुमलटार :३.८
पोखरा :७.२
जोमसोम : ४
भैरहवा, रुपन्देही : ५.१
नेपालगंज : ६.३
सुर्खेत : ५.७
जुम्ला : — ४.६
धनगढी : ७.४
दिपायल : ३.८
सिमिकोट, हुम्ला : —२.४
