सङ्लोन्यूज
काठमाडौं, ९ पुस ।
जल तथा मौसम विज्ञान विभागले बुधबार बिहान ८ बजे जारी गरेको मौसमी विवरण अनुसार तराईका भूभागमा हुस्सु हुने छ । कोशी, मधेश र बागमतिका मधेशमा मध्यान्न्नसम्म र पश्चिम तराईमा दिनभर हुस्सुले ढाकिने छ । पहाडी, हिमाली भूभागमा मौसम मुख्यतथा सफा रहने ।
आज दिउँसो
देशका तराई भूभागमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका तराई भूभागमा मध्यान्न सम्म तथा बाँकी तराई भूभागमा दिनभर कुहिरोको समेत सम्भावना रहेको छ । पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
आज राती
तराई भूभागमा हुस्सु रहनेछ । पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *