वीरगंज नाकाबाट १७ प्रतिशत धेरै सामान आयात
आयातको करिव २० प्रतिशत पेट्रोलियम
वीरगंज, ८ पुस ।
नेपालको प्रमुख भंसारनाका वीरगंजबाट चालु आर्थिक वर्षको ५ महिनाको अवधीमा तीन खर्ब ५९ अर्ब २३ करोड मूल्यका सामान नेपालमा आयात भएका छन् । यो आयात मूल्यको हिसावले अघिल्लो सोही अवधीको करिव १७ प्रतिशतले बढी हो । वीरगंज भंसारका अनुसार, अघिल्लो वर्षको तुलनामा ५३ अर्ब ३२ करोड बढी मूल्यका बस्तु तथा सामाना आयात भएका छन्जबकि गत आवको पाँच महिनामा भने रु तीन खर्ब छ अर्ब एक करोड मूल्यबराबरका सामान भित्रिएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्ट चालु आवको पाँच महिनामा आयात वृद्धि भएसँगै राजस्व सङ्कलन पनि उल्लेखनीय वृद्धि भएको बताउँछन् । विष्टका अनुसार यसबीच रु ७२ अर्ब २८ करोडको पेट्रोलियम पदार्थ भित्रिएको छ । त्यसैगरी, रु ३१ अर्ब ६५ करोडको फलाम तथा फलामबाट बनेका सामान भित्रिएका छन् । रु २४ अर्ब ६० करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन्भने रु २२ अर्ब ८५ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।
