सरकार जेनजि संझौंता : निजी क्षेत्रको शंका
सरकार जेनजिबीच भएको संझौंता,कतै गलत गर्नेलाई कारवाही नहुने हो कि भन्ने शंका निजी क्षेत्रलाई परेको छ । विश्वासको वातावरण बन्न आवश्यक छ — चन्द्रप्रसाद ढकाल ।
काठमाडौं, ३ पुस ।
सरकार र जेनजि समुहबीच भएको संझौताले आन्दोलनको नाममा अपराध गर्नेहरुले छुट पाउँने हुन कि भन्ने शंका उद्यमी व्यापारीमा पलाएको छ । बिहिबार गोरखापत्र संस्थानले आयोजना गरेको डिस्कोर्सका वत्ताहरुले नियोजितरुपमा अपराधमा संलग्नहरु माथि कुनै कारवाही नुहने त होइन भन्ने प्रश्न उठाए ।
कर्यक्रममा बोल्दैं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजिहरुले सुरु गरेको अभियानमा घुसपैंठ भएर निजी क्षेत्रका उद्यम धन्दा र घर आवासमा समेत आक्रमण, तोडफोड, आगजनी र लुटपाट भएको बताए । ढकालले यसबाट उद्यम व्यवसायीलाई असहज अवस्था सृजना गरेको चर्चा गरे ।
ढकालले भने ‘सरकार जेनजिबीच भएको संझौंताले कतै गलत गर्नेलाई कारवाही नहुने हो कि भन्ने शंका निजी क्षेत्रलाई परेको छ । विश्वासको वातावरण बन्न आवश्यक छ ।’
हरेक आन्दोलनहरुमा उद्यमी, व्यापारीहरु माथि आक्रमण हुने गरेको चर्चा गर्दे ढकालले भदौं २३, २४ गते जेनजिको नाममा भएको आन्दोलनमा निजि क्षेत्रलाई तहसनहस बनाउने गरी तोडफोड, आगजनी र लुटपाट भएको बताए ।
सरकार र जेनजिका विभिन्न समुहबीच मंसिर २४ गते संझौंता भएको थियो । संझौतामा आन्दोलनका क्रममा भएको हिंसा, लुटपाट, आगजनीमा संलग्नलाई कारवाही नगर्ने जस्ता बुँदाहरु भएकोले शंका उत्पन्न भएको हो ।
संझौंताको बुँदा नं १ मा भनिएकोल छ ‘ १(ग) कसैलाई आन्दोलनमा सहभागी भएकै कारण अनुसन्धान वा अभियोजनको दायरामा पारिएको छ भनी आन्दोलनकारी स्वयं वा निजको तर्फबाट अन्य कसैले अनलाइन, लिखित वा हटलाइनमार्फत उजुरी दिएमा सो सम्बन्धमा सम्बन्धित निकायबाट विवरण झिकाई सो विवरणको आधारमा यो सम्झौता भएको मितिले १५ दिनभित्र स्क्रिनिङ तथा छानबिन गर्ने।
(घ) स्क्रिनिङ तथा छानबिनबाट सम्बन्धित व्यक्ति ज्यान मार्ने कसुर वा सुनियोजितरसङ्गठित रूपमा कुनै आपराधिक गिरोहद्वारा भएका हुनसक्ने गम्भीर अपराधमा संलग्न रहेको नदेखिएमा पछि जाँचबुझ आयोगको प्रतिवेदनबमोजिम हुनेगरी सो व्यक्तिलाई तत्काल हिरासत र थुनामुक्त गर्न र निजविरुद्ध दायर भएका मुद्दा फिर्ता लिन नेपाल सरकारलाई सिफारिस गर्ने।’
प्रहरीले आन्दोलनका नाममा हिंसा गर्नेहरु माथि प्रहरीले सुरु गरेको छानविनलाई सरकारबाटै निरुत्साहीत गरेको, नियन्त्रणमा लिएका कतिपय शंकास्पदहरुलाई छोडन वाध्य बनाएको पृष्ठभूमिमा नागरिक समाज, राजनीतिक पार्टीहरुले समेत संझौतालाई लिएर प्रश्न उठाईरहेका छन् ।
उद्यमी, व्यापारीले सरकारलाई ठूलो राजस्व तिरिरहेको, ठूलो संख्यामा रोजगारी दिएको, पूर्वाधार विकासमा योगदान गरेको , सेवा प्रवाह गरिरहेको बताउँदै ढकालले भने ‘निजि क्षेत्रलाई सकारात्मक सोचका साथ बुझ्नु पर्दछ । समाजमा त्यस्तो वातावरण बनाउन हामी आग्रह गर्दछौं ।’
उद्यमी व्यपारीहरुका बारेमा नागरिकस्तरमा सकारात्मक धारणा बनाउने योजना तथा कार्यक्रमका लागि सरकारसँग आफूहरुले प्रस्ताव गरेको पनि ढकालले बताए ।
‘जनमानसमा निजि क्षेत्रबारे रहेका धारणामा परिवर्तन आवश्यक छ’ढकालले भने‘ प्रधानमन्त्रीले नागरिकलाई सन्देश दिनुपर्यो, निजिमा आक्रमण गर्नु हुँदैन भन्ने मेसेज दिन पर्दछ ।’
उद्यमी व्यवसायीहरु जेनजि आन्दोलनले क्षतविक्षत भएको अवस्थामा पनि भोली पल्टदेखी नै काममा लागि परेको चर्चा गर्दे ढकालले भने ‘ हामी भोलीपल्टबाट काममा आयौं, हाम्रा पछाडि ठूलो संख्याका कर्मचारी हुन्छन्, बैंकसँगका कारोबार हुन्छन्, हामीले आक्रमण भयो भनेर त्यत्तिकै छोड्न मिल्दैन, छोडन सक्तैनौं ।’
कार्यक्रममा बोल्दै एनसेलका डाइरेक्टर डिल्लिराम श्रेष्ठले जेनजि आन्दोलनका नाममा भएको आक्रमणबाट एनसेलको ६० करोडको क्षती भएको बताए । ‘हामी माथि भएको आक्रमणलाई राजनीतिकमात्र भन्न मिल्दैन, त्यहाँ अपराध थियो ’ श्रेष्ठले भने ‘पार्किङ्गमा राखेका गाडी बाहिर निकालेर जलाइएको थियो, अफिस तोडफोड भएको थियो र कर्मचारीका व्यक्तिगत सामानहरु पनि लुटिएको थियो ।’
आफूहरुले घटनाबारे प्रहरीलाई जाहेरी दिएको बताउँदै श्रेष्ठले भने ‘जाहेरी गरेका छौं, कुनै व्यक्ति प्रकाउमा परेको कुनै जानकारी आजसम्म आएको छैंन ।
श्रेष्ठले अफिस क्षतविक्षत भएको अवस्थामा पनि संचार सेवालाई कर्मचारीले घरबाटै भएपनि सचालन गरेको बताए ।
नेपालको सबै भन्दा पुरानो गोरखापत्रले आफ्नो १२५ औं वर्षको अवसरमा आयोजना गरेको डिस्कोर्समा आर्थिक, पूर्वाधार विकाससँग सम्बन्धित विज्ञहरुले विचार विमर्श र प्रस्तुतीहरु दिएका थिए ।
