स्वास्थ शिविरबाट सात सय बढी लाभान्वित
काठमाडौं, २६ मंसिर ।
सूर्यविनायक नगरपालिका वडानं ५ मा शुक्रबार आयोजना गरिएको वृहत स्वास्थ शिविरबाट सात सय भन्दा बढीले स्वास्थ सेवा लिएका छन् । काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग,सहायता फाउण्डेसन र भक्तपुर हेल्थ कन्सर्नको आयोजनामा सम्पन्न स्वास्थ शिविरमा स्थानीय उत्साहकासाथ सहभागि भएको आयोजकको भनाई छ ।
सहायता फाउन्डेसनका अध्यक्ष राजु ढुंगेलका अनुसार समग्रमा सात सयले स्वास्थ सेवा लिएका छन् जसमध्ये २९८ले भिडियो एक्सरे, इसिजिको सेवा लिए भने दुई सय बढीले ल्याव परिक्षणको सेवा लिएका छन् ।
नेपाल मेडिकल कलेजका २५ जना चिकित्सक र प्राविधिकहरुले सेवा प्रदान गरेको बताउँदैं राजु भन्छन् ‘उत्साहजनकरुपमा स्थानीयको सहभागिता रह्यो । चिकित्सकहरु प्नि ठूलो संख्याका जनसमुदायलाई सेवा दिन पाएकोमा खुसि देखिन्थे ।’
शुशिला भैरव मन्दिर नजिकको आधारभूत विद्यालयमा भएको स्वास्थ शिविरमा जनरल मेडिसिन, बालरोग, हाडजोर्नी, शल्यक्रिया, स्त्रीरोग नाक,कान, आँखा, घाँटी,दात लगायतका रोगहरुको परिक्षण भएको बताइएको छ । भिडियो एक्सरे,इसिजीको व्यवस्थाबाट स्थानीय लाभान्वित बनेको आयोजकको भनाई छ । युरिक एसिड, सुगर ¥यान्डोम, युरिन, स्टुल, युरियालगायतको ल्याव परीक्षणको सेवा पनि प्रदान गरिएको थियो ।
स्वास्थ शिविरमा परिक्षण गराएको पुर्जाका आधारमा केएमसि अस्पतालमा शल्यक्रिया सहीत उपचारमा २५ प्रतिशत छुट हुने जनाइएको छ ।
