विरामी भएको र मारिएको भन्नै समाचारहरुबीच सार्वजनिक गरिएको तस्बिरमा खामेनी स्वास्थ देखिएका छन् ।

तेहरान, इरान, २५ साउन ।
इरानी राष्ट्रपति मसूद पेजेस्कियानले सर्वोच्च नेता मोज्ताबा खामेनेईसँग भेट गरेका इरानी राष्ट्रिय प्रसारक प्रेस टीभीले दाबी गरेको छ ।

उनीहरूबीच देशका सैन्य तथा आर्थिक मामिलाबारे छलफल भएको प्रेस टीभीले राष्ट्रपतिको कार्यालय स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरेको छ । यो भेट इजरायली सञ्चारमाध्यमले खामेनीको मृत्यु भइसकेको वा उनी ‘अत्यन्त गम्भीर अवस्था’ मा रहेको भन्ने रिपोर्ट गरेको केही दिनपछि आएको हो ।

यो भनाइलाई इरानी राष्ट्रपतिले खण्डन गर्दै उहाँसँग ‘भेट्न अत्यन्त्यै’ कठिन रहेको बताएका थिए । प्रेस टीभीका अनुसार ‘वार्तामा जनताका जीविकोपार्जन आवश्यकता, अमेरिका–इजरायली आक्रामक युद्धका अवस्था र भविष्यका सम्भावना, सैन्य विकास, स्रोत सुनिश्चित गर्ने तरिका तथा रियल, विदेशी मुद्रा र ऊर्जा खर्च व्यवस्थापन, साथै विदेशी साझेदारसँग आर्थिक सहकार्य’बारे छलफल भएको जनाइएको छ ।

दुई नेताबीचको यो वार्ता मोज्ताबा खामेनीसँग सम्बन्धित सामाजिक सञ्जाल एक्स अकाउन्टमार्फत पनि फारसी भाषमा साझा गरिएको थियो । एक्समा लेखिएको छ, “पेजेस्कियानको राष्ट्रपतित्वको तेस्रो वर्ष सुरु हुँदा राष्ट्रपति र सर्वोच्च नेताबीच देशका आर्थिक तथा सैन्य मुद्दाबारे भेट र छलफल भएको छ ।”

एक्समा गरिएको पोस्टमा भनिएको छ, “राष्ट्रपति पेजेस्कियानले आफ्नो राष्ट्रपतित्वको तेस्रो वर्ष सुरु भएसँगै महामहिम आयतुल्ला सैयद मोज्ताबा होसेनी खामेनीसँग भेट र छलफल गर्नुभएको हो ।”

पोस्टमा अगाडि भनिएको छ, “यस भेटमा देशका मुद्दा र समस्याहरू, विशेष गरी जनताका जीविकोपार्जन आवश्यकता, थोपारिएको तेस्रो युद्धको वर्तमान अवस्था र अगाडिको भविष्य, सैन्य क्षेत्रका विकास, स्रोत व्यवस्थापन र खर्च (रियल, विदेशी मुद्रा र ऊर्जा) का समाधान, साथै विदेशी पक्षसँग आर्थिक अन्तरक्रियाबारे विस्तृत छलफल भयो ।”

प्रेस टीभीका अनुसार, पेजेस्कियान जुलाई ५ को राष्ट्रपतीय चुनाव जित्दै सन् २०२४ जुलाई ६ मा राष्ट्रपति निर्वाचित भएका हुन् । उनलाई दिवंगत पूर्व सर्वाेच्च नेता आयतुल्ला अली खामेनेईले सन् २०२४ जुलाई २८ मा औपचारिक रूपमा राष्ट्रपति नियुक्त गरेका थिए । उनले जुलाई ३० मा इरानी संसदअघि शपथ लिएका थिए । उनको चुनाव पूर्व राष्ट्रपति इब्राहिम रायसी हेलिकोप्टर दुर्घटनामा मारिएको महिनौंपछि भएको थियो ।

यो नवीनतम घटनाक्रम आइतबार बिहानै इरानको अर्ध–सरकारी मेहर समाचार एजेन्सीले अद्यावधिक नभएको भिडियो सार्वजनिक गरेपछि आएका हुन्। भिडियोमा मोज्ताबा खामेनी राम्रो स्वास्थ्यमा देखिनुभएको छ । यसअघि इजरायली मिडियाले सर्वोच्च नेता गम्भीर अवस्थामा रहेको र अस्पताल लगिएको दाबी गरेको थियो।

शुक्रबार इजरायली प्रसारक च्यानल १४ ले इरानभित्रका स्रोतहरूलाई उद्धृत गर्दै र जेरुसेलम पोस्टको अघिल्लो रिपोर्टले इरानवायर तथा राष्ट्रपति पेजेस्कियान प्रशासन नजिकका स्रोतहरूलाई उद्धृत गर्दै खामेनीको स्वास्थ्यबारे इरानी नेतृत्वभित्र चिन्ता फैलिएको रिपोर्ट गरेका थिए ।

मोज्तबा खामेनीले फेब्रुअरी २८ मा अमेरिका–इजरायलको संयुक्त सैन्य आक्रमणमा आफ्ना पिता आयतुल्ला अली खामेनीको हत्या भएपछि सर्वोच्च नेताको पद सम्हालेका हुन् । पद सम्हालेदेखि उनी कुनै सार्वजनिक उपस्थितिमा देखिनुभएका छैनन् ।केवल लिखित विज्ञप्तिमार्फत मात्र प्रशासनिक सूचना सञ्चार गरिरहेको समाचारहरु आइरहेका थिए । रिपोर्टहरूले उनी प्रारम्भिक आक्रमणमा घाइते र सम्भवतः अनुहार विग्रिनेगरी घाइते भएको, जसले उनलाई लुक्न बाध्य तुल्यायो र लक्ष्यमा पर्नबाट बच्न वरिष्ठ शासन नेताहरूसँग ढिलो मध्यस्थकर्ता सञ्जालमार्फत सञ्चार गर्न बाध्य बनायो ।

Iranian President Masoud Pezeshkian (left) and Supreme Leader Mojtaba Khamenei (right). Photos: AFP, Khamenei’s office