काठमाडौं, २३ साउन ।

समाजसेवि ,राजनीतिज्ञ स्व.श्यामबहादुर कार्कीको १९ औं स्मृति दिवशको अवसरमा रक्तदान तथा विद्यार्थीहरुलाई स्टेशनरी, स्कूलब्याग तथा खेलकुदका सामाग्रि वितरण गरिएको छ ।
बालकोट स्थित किङ्स ब्यैक्वेटमा शनिबार आयोजित विशेष कार्यक्रममा ५७ जनाले रक्तदान गरेको र स्थानीय गणेश आधारभूत विद्यालयका एक सय बढी विद्यार्थीहरुलाई पुस्तक, कापी, ब्याग लगायतका स्टेशनरी वितरण गरिएको श्यामबहादुर कार्की प्रतिष्ठाले जनाएको छ ।


कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाली कांग्रेस संसदीय दलका सचेतक वासना थापा, सांसद मदनकृष्ण श्रेष्ठ, कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, बागमति प्रदेश मन्त्री सुरेश श्रेष्ठ, पुत्र विष्णुराज कार्की, भक्तपुर कांग्रेसका पदाधिकारी, उल्लेख्य संख्याका कांग्रेसजन र स्थानीयको उपस्थिति थियो ।
कार्कीले पंचायत कालको चुनौतीपूर्ण राजनीतिक परिवेशमा शिक्षण पेशा साथसाथ नेपाली कांग्रेसको राजनीतिलाई समाजमा फैंल्याउने महत्वपूर्ण भूमिका खेलेका थिए । उनी २०५४ सालको स्थानीय चुनावमा तत्कालिन बालकोट गाबिस अध्यक्ष निर्वाचित भएका थिए।