क्षेत्रको अतिक्रमण, मानव बस्तीको विस्तार, कृषिबालीतर्फ हात्ती आकर्षित हुनु तथा परम्परागत हात्ती मार्ग अवरुद्ध हुँदै जानु मानव–हात्ती द्धन्द बढ्नुका प्रमुख कारण मानिन्छ । 
काठमाडौं १८  साउन ।
मानव— हात्ती द्धन्द प्रमुख चुनौती बनेको छ । खास गरेर झापाको उत्तरी क्षेत्रमा जो हात्तीको वंशानुगत मार्ग हो त्यसक्षेत्रमा बढी द्धन्द हुने गरेको छ । डिभिजन जन कार्यालय झापासँग उपलब्ध पछिको १६ वर्षको तथ्याङ्गले ८० जनाले हात्तीको आक्रमणबाट ज्यान गएको छ भने यही समयमा २८ वटा हात्ती मरेका छन् ।
डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादव वन क्षेत्रको अतिक्रमण, मानव बस्तीको विस्तार, कृषिबालीतर्फ हात्ती आकर्षित हुनु तथा परम्परागत हात्ती मार्ग अवरुद्ध हुँदै जानु मानव–हात्ती द्वन्द्व बढ्नुका प्रमुख कारण भएको बताउँछन् । यादवका अनुसार झापामा वन क्षेत्र निकै कम छ ।
‘राष्ट्रिय आधारमा नेपालको कूल वनक्षेत्र ४६ प्रतिशतमा छ, तर झापामा राष्ट्रिय औसतको निकै कम ११ प्रतिशतमात्र वन क्षेत्र छ ’ यादवले भने ‘ यहाँ भारतबाट समेत ठूलो समुहमा हात्तीहरु आउँछन्, उनीहरु हिडनेबाटो मिचिनु, वन क्षेत्र मासिदै गएपछि आहारमा लागि आवादीमा पस्दछन् ।’
यादवका अनुसार हात्तीको भय झापा जिल्ला भरी नै छ । विशेष गरेर उत्तरमा बाहुनडाँगीदेखि दमकसम्मको क्षेत्र र दक्षिणमा भद्रपुर, हल्दिवारी, कचनाकलव, झापा गाविसमा हात्तीहरु बढी विचरण हुने क्षेत्र हुन् । उत्तरमा चुरे, महाभारतको वन क्षेत्र र दक्षिणमा जलथल वन क्षेत्र हात्तीका क्षेत्र हुन् ।
‘हात्ती आफ्ना वंश जहाँबाट हिड्दथे त्यहीँ बाटोबाट हिडन चाहन्छ । उनीहरु हिडने बाटोमा हिजो वन जङ्गल थियो, अहिले त्यहाँ बस्ती बस्यो’ यादवले भने ‘ मानवीय हस्तक्षेप भएको छ उसको बाटोमा । बाटो पनि छैन, आफ्नो आहार खोसिएको अवस्था हो ।’
अनुसार विसं २०६७ असार ३ गतेदेखि विसं २०८३ असार मसान्तसम्म जङ्गली हात्तीको आक्रमणबाट ७० नेपाली र १० जना गैरनेपालीको मृत्यु भएको अभिलेखमा उल्लेख छ । तथ्याङ्कले झापामा औसतमा हरेक वर्ष पाँच जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाउने गरेका छन । कार्यालयका अनुसार २०८० साल सबैभन्दा बढी मानवीय क्षति भएको वर्ष हो । उक्त वर्ष हात्तीको आक्रमणबाट तीन महिलासहित आठ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०८२÷८३ मा भने छ जनाले ज्यान गुमाएका छन् । मृतकका परिवारलाई जनही रु १० लाखका दरले राहत उपलब्ध गराइएको प्रमुख यादवले जानकारी दिए ।
मानिस मात्र होइन, मानव–हात्ती द्वन्द्वको असर हात्तीमा पनि उत्तिकै परेको प्रमुख यादव बताउँछन् । कार्यालयका अनुसार २०६२ सालदेखि हालसम्म २८ वटा जङ्गली हात्ती मारिएका छन् । सबैभन्दा बढी २०८२ सालमा मात्रै छ वटा हात्ती मारिएका उनी बताउँछन् । वितेको आर्थिक वर्षमा ३ वटा हात्ती मरेका थिए । एउटा डार्ट गर्दा मरेको थियो भने अरु दुई अन्य कारणले मरेका हुन् ।
कार्यलयका अनुसार २०६७ मा २ जना, ६८ मा ७ जना, ६९ मा ७ जना, ७० मा ३ जना २०७१ मा २ जना, ७२ मा ४ जना, ६३ मा ५ जना, ७४ मा ५ जना, ७५ मा १ जना, ७६ मा १ जना, ७७ मा ५ जना, ७८ मा ५ जना, ७९ मा ५ जना, ८० मा ८ जना, ८१ मा अघिल्लो आर्थिक वर्षमा ६ जनाको मृत्यु भएको छ । यसबीच १० जना गैर नेपालीको मृत्यु भएको छ ।
 मानवीय क्षतीलाई न्यूनिकरणका प्रयास पनि भएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको बजेटमा झापाका हात्ती विचरण गर्ने प्रमुख नाकाहरुमा विद्युतिय घेरबार गरिएको छ । यादवका अनुसार झापाका सबै क्षेत्रमा गरेर ७०, ८० किलोमीटर विद्युतिय घेरबार गरिएको छ । ‘ विद्युतिय घेरबारको राम्रो संरक्षण भएको स्थानमा हात्तीहरुको प्रभावकारी नियन्त्रण भएको छ’ यादव भन्छन् ‘ कतिपय अवस्थामा तारबार काट्ने काम भएका छन्, विभिन्न सामान सीमा वारपार गराउने तस्करहरुले घेराबार काटिदिने समस्या पनि छ ।’
यादव द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय र समुदायसँगको समन्वयमा सचेतनामूलक कार्यक्रम, निगरानी र उद्धारका गतिविधि सञ्चालन भइरहेको बताउँछन् ।
नोट : समाचार रासस समाचारमा आधारित छ । तस्बिर : फाइल फोटो, रेडियो नेपाल अनलाइन ।