पूर्वी पहाडका स्थानीयतहका २१ पदाधिकारी भारत अध्ययन भ्रमणमा
भ्रमणदलमा इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर, अध्यक्ष र प्रशासनिक अधिकारी गरी २१ जना सहभागि छन् ।
काठमाडौं, १७ साउन ।
पूर्वी नेपालका पहाडी जिल्लाका मेयर, गाबिस अध्यक्ष र सरकारी अधिकारीहरुको २१ सदस्सीय एउटा प्रतिनिधिमण्डल भारत अध्ययन भ्रमणका लागि प्रस्थान गरेको छ । नेपाल भारत सरकारबीच क्षमतावृद्धि कार्यक्रम अन्र्तगत उनीहरु हैदरावाद स्थित National Institute of Rural Development and Panchayati Raj (NIRDPR) मा संचालन हुने तालिममा सहभागि हुने भारतीय दुतावासले जनाएको छ ।
दुतावासले शनिवार सामाजिक संजालमा राखेको जानकारी अनुसार तालिममा इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर, अध्यक्ष र प्रशासनिक अधिकारी छन् ।
कार्यक्रममा कृषि, दिगो विकास र शासनमा केन्द्रित ल्क्ष्च्म्एच्(राष्ट्रिय ग्रामीण विकास तथा पञ्चायती राज संस्थान, हैदराबादमा प्रशिक्षण कार्यक्रम संचालन हुने उल्लेख छ ।
अध्ययन भ्रमण कति दिन को हो ? कसरी अध्ययन गराइने हो केही खुलाइएको छैन ।
कार्यक्रमले नेपाल भारतबीच ज्ञान आदानप्रदान प्रवर्द्धन गर्ने, संस्थागत क्षमता सुदृढ गर्ने र दुई देशहरू बीचको लामो समयदेखिको साझेदारीलाई अझ गहिरो बनाउने भारत र नेपालको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने भनिएको छ ।
यसरी भारतको अध्ययन भ्रमण गर्ने नेपालका स्थानीय सरकार प्रतिनिधिहरूको यो चौथो प्रतिनिधिमण्डल हो। यसअघि प्रदेशस्तरबाट संखुवासभा (कोशी प्रदेश), हुम्ला (कर्णाली प्रदेश), र डडेलधुरा, बैतडी र दार्चुला (सुदूरपश्चिम प्रदेश) अन्तर्गतका जिल्लाका प्रतिनिधिहरु थिए ।
तस्बिर : भारतीय राजदूतावास ।

