हिमपहिरोमा कीर्तिमानी आरोही निर्मलको निधन
काठमाडौं, १६ साउन ।
विश्व किर्तिमानी नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाइ’ पुर्जाको ब्रड पिकमा गएको हिमपहिरोमा परी निधन भएको छ । विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल पुर्जा (निम्सदाइ) को निधन पाकिस्तानको ब्रड हिमपहिरोमा परी निधन भएको एलिट एक्स्पेडले पुष्टि गरेको छ ।
शनिबार सार्वजनिक गरेको शोक वक्तव्यमा कम्पनीले गहिरो दुःख र अपार पीडाका साथ ब्रड पिकमा गएको हिमपहिरोपछि निर्मल ‘निम्सदाइ’ पुर्जाले दुःखद रूपमा ज्यान गुमाएको पुष्टि गर्दछौं भनेको छ । साथै उक्त दुर्घटनामा अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ।
हिमपहिरोमा परेर निधन हुनेमा निर्मलका सहयात्री तथा गाइड पुरबहादुर गुरुङ (युक्त) र निमा शेर्पाप्रति रहेका छन् । कम्पनीले मृत्यकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दे कम्पनीले मृतकका परिवार, आफन्त र साथीभाइप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

